बिमा कम्पनी मर्जरमा गए क्रसहोल्डिङ हटाउन तथा १५ प्रतिशतको सीमा कायम राख्न २ वर्ष समय थप्ने, व्यवस्थापन खर्चको सीमा नाघे छुट दिनेलगायतका सुविधा दिने गरी समितिले मर्जरलाई प्राथमिकतामा राखेको छ।
अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ। लुङ्ग्री–१ र ५ को सिमानामा पर्ने सो पुल तीन वर्षअघि निर्माण गरिएको थियो।
कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’को पहिलो अंकको शनिबार काठमाडौंको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुरामा आयोजित एक समारोहमा विमोचन गरिएको छ।
गंगाजमुना गाउँपालिका-६ बसेरी कि ३१ वर्षीया रेखा मुक्तान खत्री श्रीमान्को कुटपिटबाट गम्भीर घाइते भएकी छन्। उनको शनिबार घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
हाम्रो अर्थतन्त्र आयातमा आधारित भएकाले यस्ता खालका संकट भविष्यमा थप आउन सक्ने सम्भावना छ। उत्पादन भन्दा हामी उपभोगमा बढी खर्च गरिरहेका छौं। पछिल्लो समय उपभोगको अवस्था निकै विकृत हुँदै गएको...
स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको एक महिना बितिसकेको छ। तर, निर्वाचनमा उम्मेदवार बनेकाहरूले निर्वाचन कार्यालयमा खर्च बुझाउन आलटाल गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६...