मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह

देशभर वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिमबाट सतर्क रहन आग्रह

देशका विभिन्न क्षेत्रमा गएरातिदेखि नै वर्षा भइरहेको छ। केही क्षेत्रमा भारी वर्षासमेत भएको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- देशका विभिन्न क्षेत्रमा गएरातिदेखि नै वर्षा भइरहेको छ। केही क्षेत्रमा भारी वर्षासमेत भएको छ। 

National life

आज बिहान, गण्डकी प्रदेश, कर्णाली प्रदेश रसुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। 

देशका पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सfमान्यता सफा रहनेछ। 

प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। 

प्रदेश-१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। 

नदी, नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। 

पूर्वका विभिन्न स्थानमा र पश्चिमका पहाडी तथा हिमाली भूभाग  लगायतका साना खोलामा बाढीको जोखिम रहेको छ।

महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ। सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ।

प्रकाशित: Jul 03, 2022| 06:36 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।