आइतबार, जेठ २१, २०८०

‘कलाकर्मी डाइजेष्ट’को विमोचन, पाँच व्यक्तित्वलाई कलाकर्मी सम्मान

कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’को पहिलो अंकको शनिबार काठमाडौंको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुरामा आयोजित एक समारोहमा विमोचन गरिएको छ।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’को पहिलो अंकको शनिबार काठमाडौंको पुरानो वानेश्वरस्थित लोकल सेकुवा रेष्टुरामा आयोजित एक समारोहमा विमोचन गरिएको छ।

Everest Bank

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधिश विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नागार्जुन एकेडेमीका प्रिन्सिपल सुनिल विक्रम सिजापतिसहितका व्यक्तित्वले उक्त पत्रिकाको पहिलो अंक विमोचन गरेका हुन्।

कलाकर्मी मिडिया म्यानेजमेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल बताउँछिन्। ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ।

राजनीति, मनोरञ्जन, स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरू समेटिएको कलाकर्मी डाइजेष्ट पत्रिकाको विमोचन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भइरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नयाँ दिशा दिने धारणा व्यक्त गरिन्। उपमेयर डंगोलले आफूलाई मत दिएर स्थानीय निकायको निर्वाचनमा विजयी गराउनु हुने काठमाडौंवासीलाई धन्यवाद अर्पण गर्दै सम्पूर्ण नगरवासीको सहयोगले काठमाडौंलाई एक वर्ष भित्रै सुन्दर नगरको रूपमा विकसित गर्ने योजना रहेको सुनाइन्।

समारोहमा उपमेयर डंगोलसहितका व्यक्तित्वले विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने पाँच जना व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान-२०७९’ सम्मानित गरिन्।

Metro Mart
worldlink

त्यसक्रममा वरिष्ठ कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सन्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको हो।

सम्मानित व्यक्तित्वको तर्फबाट आफ्नो धारणा व्यक्त गर्दै वरिष्ठ कलाकार हरिहर शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्याशित रूपमा सम्मानित हुन पाउँदा सधैँ गौरवको महसुस हुने धारणा व्यक्त गरे।

जन्मँदै अपाङ्ग भएर जन्मनु भएका सम्मानित व्यक्तित्व तिलबहादुर कार्कीले निकै दुःख गरेर असहाय तथा टुहुरा बालबालिकाहरूको लालनपालनमा आफ्नो जीवन समर्पण गरेको व्यक्तिलाई एउटा सञ्चार माध्यमले सम्मानित गरिदिएकोमा खुसी व्यक्त गर्दै गोकर्णस्थित आफ्नो अपाङ्ग एकता केन्द्रमा आएर कलाकारहरूले जन्मदिन मनाइदिए आफ्ना बालबालिकाहरूले एक छाक मिठो खान पाउने धारणा व्यक्त गरे।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालले कलाकर्मी डाइजेष्ट पत्रिकाको निरन्तरताको कामना गर्दै पत्रकारितामार्फत काठमाडौं महानगर तथा समग्र देशलाई नै समृद्धितर्फ लैजान शुभकामना व्यक्त गरे।

न्यायाधीश विश्वनाथ भट्टराई, अभिनेता भुवन केसी, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार संघका उपाध्यक्ष मोहन निरौला, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, ईन्टिच्यूट अफ फेसन टेक्नोलोजीका सञ्चालक टेन्जिङ शेर्पा, काठमाडौं महानगरपालिका वडा नम्बर ३२ का सदस्य हीरादेवी पोखरेल, निर्देशक कृष्णदेव रुपाखेतीलगायतका व्यक्तित्वले सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै अहिलेको परिस्थितिमा पत्रिकाको प्रकाशन प्रारम्भ भएकोमा ‘कलाकर्मी डाइजेष्ट’ परिवारलाई बधाई ज्ञापन गरे।

समारोहमा कलाकर्मी डाइजेष्टका प्रकाशक कृष्ण भट्टराईले विषम परिस्थितका बीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास गरेको बताए।

कलाकर्मी डाइजेष्टकी सम्पादक बबिता ढकालले छापा माध्यमको महत्त्व कहिले पनि नघट्ने भएकाले यो पत्रिकाका प्रकाशनमा आएको बताए।

प्रकाशित: Jul 03, 2022| 08:51. 14 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...