शुक्रबार, मंसिर १२, २०८२

भारत-पाकिस्तान तनाव

सीमा क्षेत्रमा उच्च सतर्कता [तस्बिरहरु]

 |  बिहीबार, वैशाख २५, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०८२

पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ।

National life

सीमा क्षेत्रबाट हुन सक्ने अवैध घुसपैठलाई रोक्नको लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबि)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रुपमा गस्ती पट्रोल र खबर आदानप्रदानलाई तिब्रता दिएको छ। यसैगरी एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा सीमा ईलाकामा रहने गरी पट्रोलिङ गरिएको छ।

अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको छ भने बाहिनी मुख्यालयहरुले सोही अनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन्। सीमा ईलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरुको परिचयपत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य समेत भईरहेको छ। 

सम्भावित शंकित स्थानहरुमा निगरानी एवं चेकजाँच तथा सुक्ष्म रुपमा खबर संकलन कार्य समेत गरिराखेको छ। सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाईका साथ गरिएको छ। 

तर नेपाल–भारत सीमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजिकरण गर्ने कार्य समेत गरिएको छ। यसैगरी शहरी क्षेत्रका संभावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाईएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: May 08, 2025| 11:14 बिहीबार, वैशाख २५, २०८२
प्रतिक्रिया दिनुहोस्