शनिबार, मंसिर ६, २०८२

हेभिवेटमा नुवाकोटे टाइगर नयाँ राष्ट्रिय च्याम्पियन

नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन्। 

National life

प्रतियोगिताको मुख्य प्रतिस्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवाकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेका हुन्। अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसँगै नुवाकोटेले १ लाख २५ हजार नगद पुरस्कार पाए।

झापाको केरखास्थित सहिद धर्मभक्त माविमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको डरलाग्दो भिडन्त मानिने हार्डकोरमा भने डेविडले सफलता पाए। डेविडले उसु पृष्ठभूमिका खेलाडी चट्टानलाई हराए। यो स्पर्धामा प्रतिद्वन्द्वीलाई प्रहार गर्न फलामको कुर्सी, वैशाखी र लाठी समेत प्रयोग गरिएको थियो। 

डेविडले १ लाख नगद पुरस्कार जिते। ७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय रेस्लिङ विभागद्वारा आयोजित प्रतियोगिताको ट्याग टिममा टुपी ग्याङले स्पाइडरम्यान्सलाई पाखा लगाउँदै ७५ हजार नगद पुरस्कार हात पारे।

मिडिल वेटमा साइनले बाँकामाथि जित निकाल्दै ९५ हजार नगद पुरस्कार जिते। महिलामा आकृतिले तनुलाई पाखा लगाउँदै सफलता हात पारिन्। तनुले ७० हजार नगद पुरस्कार जितिन्। लाइट वेटमा सुजल रिलामीले सीजे वर्ल्डलाई पाखा लगाए। सुजलले ६० हजार नगद पुरस्कार पाए।

Laxmi sunrise bank
kumari

विजेतालाई नेकपा एमाले प्रदेश १ कमिटीका इन्चार्ज देवराज घिमिरे, पूर्व मन्त्री अग्नि खरेल, संघीय सांसद एलपी सावाँ लिम्बू, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिव समेत रहेकी नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

कोरोना भाइरस (कोभिड–१९) का कारण पहिलोपटक लकडाउन भययता नेपाल रिङ रेस्लिङ संघको सक्रियतामा भएको यो नवौं प्रतियोगिता हो। यसअघि दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, वसन्तपुर डबली, बुढानीलकण्ठ, शिवपुरी र पोखरामा रेस्लिङ प्रतियोगिता भएको थियो। नुवाकोटमा दुई पटक रेस्लिङ भइसकेको छ।

प्रकाशित: Jul 03, 2022| 07:49 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।