मंगलबार, जेठ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केएमसीमा मृत भेटिएकी कर्मचारीको शव आफन्तले बुझ्न मानेनन्, हत्या आशंका

केएमसीमा मृत भेटिएकी कर्मचारीको शव आफन्तले बुझ्न मानेनन्, हत्या आशंका

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी कर्मचारीका आफन्तले शव बुझ्न मानेका छैनन्। हत्याको आशंका गर्दै आफन्तले शव उठाउन इन्कार गरिरहेका हुन्।
 |  आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९

काठमाडौं- काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा मृत फेला परेकी कर्मचारीका आफन्तले शव बुझ्न मानेका छैनन्। हत्याको आशंका गर्दै आफन्तले शव उठाउन इन्कार गरिरहेका हुन्।

National life

केएमसी स्कुलको क्यान्टिनमा कार्यरत काभ्रेको तेमाल गाउँपालिका–८, मेच्छे स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी शनिबार बेलुका स्कुलमै झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। रमा केएमसी स्कुलमा ५ वर्षदेखि कार्यरत थिइन्।

रायमाझी स्कुलभित्र होस्टेलको बेडमा झुन्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ।

स्कुलको ग्राउन्ड फ्लोरमा रहेको होस्टलको रुममा उनी मृत भेटिएकी काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनाली बताए। 

अवस्था तनावग्रस्त बनेपछि अहिले अहिले त्यहाँ ठूलो संख्यामा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ

प्रकाशित: Jul 03, 2022| 09:56 आइतबार, असार १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।