काठमाडौं- नेपाल प्रहरी प्रधान कार्यालयले ४४३ जना प्रहरी सहायक निरीक्षक (असई) माग गरेको छ।
आइतबार सूचना प्रकाशन गर्दै प्रहरी प्रधान कार्यालयले यसअघि माग गरिएका संख्यामा थप गरी कुल जम्मा ४४३ जना असई र दुई हजार ४७४ जना प्रहरी जवान माग गरेको हो।
२०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३६७ जना असई माग भए पनि ७६ जना थप गरी कुल जम्मा ४४३ जना असई माग गरेको जनाएको छ।