डोटीको दिपायलमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन्। मंगलबार बिहान दिपायल बजार बन्द गराउँदै हिँडेका उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन्। घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिप्परमा बिहान करिब साढे ४ बजे तिर बबई खोलाको पुल नजिक आगजनी भएको हो।
कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेको छ। गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
‘लक्ष्य भनेको टिमलाई राम्रो प्रदर्शन गराउनु अनि ट्यालेन्टलाई कुशल खेलाडीमा कसरी परिवर्तन गर्ने भन्ने नै हो। मेरो अनुभवमा यो धेरै कच्चा टिम हो तर मलाई आशा छ कि उनीहरुले राम्रो...
शाकाहारी खानाको प्रबर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालमा आयोजना हुने भएको छ।
इरानले युरोपेली संघ (ईयू) को प्रस्तावमा आफ्नो प्रतिक्रिया जनाएपछि इरानसँगको आणविक सम्झौताको पुनःउत्थानका लागि सम्भावित बैठक यसै साता हुनसक्ने युरोपेली सङ्घ (ईयू) का उच्च कूटनीतिज्ञले सोमबार बताएका छन्।
उत्तरी इराकमा रहेका दुई प्रतिद्वन्द्वी इरानी कुर्दिश विपक्षी दलले आन्तरिक विवादका कारण विभाजित भएको १६ वर्षपछि संयुक्त वक्तव्य जारी गर्दै आफ्नो पुनर्मिलनको घोषणा गरेका छन्।
श्रीलंकाको कोलम्बोस्थित भारतीय उच्चायोगले गरेको ट्वीटमा भनिएको छ,'भारतीय उच्चायुक्तले भारतको विशेष सहयोगमा आपूर्ति गरिएको २१ हजार टन मल औपचारिक रूपमा श्रीलंकाका जनतालाई हस्तान्तरण गरेका छन्। यसले दुई देशबीचको मित्रता र...