बुधबार, फागुन २०, २०८२

भारतद्वारा श्रीलंकालाई २१ हजार टन मल हस्तान्तरण

श्रीलंकाको कोलम्बोस्थित भारतीय उच्चायोगले गरेको ट्वीटमा भनिएको छ,'भारतीय उच्चायुक्तले भारतको विशेष सहयोगमा आपूर्ति गरिएको २१ हजार टन मल औपचारिक रूपमा श्रीलंकाका जनतालाई हस्तान्तरण गरेका छन्। यसले दुई देशबीचको मित्रता र सहयोगमा थप टेवा पुगेको छ।'
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

नयाँ दिल्ली- भारतले आर्थिकरुपमा संकटग्रस्त छिमेकी मुलुक श्रीलंकालाई सोमबार २१ हजार मेट्रिक टन मल हस्तान्तरण गरेको छ।

श्रीलंकाको कोलम्बोस्थित भारतीय उच्चायोगले गरेको ट्वीटमा भनिएको छ,'भारतीय उच्चायुक्तले भारतको विशेष सहयोगमा आपूर्ति गरिएको २१ हजार टन मल औपचारिक रूपमा श्रीलंकाका जनतालाई हस्तान्तरण गरेका छन्। यसले दुई देशबीचको मित्रता र सहयोगमा थप टेवा पुगेको छ।'

भारतको सहयोगमा गत महिना ४४ हजार टन खाद्यान्न आपूर्ति भएको थियो। मल हस्तान्तरणले खाद्य सुरक्षामा योगदान पुर्‍याउनुका साथै किसानलाई सहयोग पुर्‍याउनेछ। यसले भारत र श्रीलंकाबीचको घनिष्ठ सम्बन्ध, पारस्परिक विश्वास र सद्भाव सिर्जना गर्दै जनतालाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ,' भारतीय उच्चायोगले भनेको छ।

श्रीलंकालाई उनीहरूको आवश्यकताअनुसार आर्थिक सहयोग प्रदान गर्न भारत अग्रपंक्तिमा रहँदै आएको छ र आवश्यक समयमा अधिकतम सहयोग प्रदान गर्ने देशहरूमध्ये एक हो।

सन् २०२२ को सुरुदेखि नै श्रीलंकाले बढ्दो आर्थिक सङ्कटको सामना गरिरहेको छ र सरकारले आफ्नो विदेशी ऋणमा डिफल्ट गरेको छ। संयुक्त राष्ट्रसंघले श्रीलंकामा ५७ लाख मानिसलाई तत्काल मानवीय सहायताको खाँचो रहेको चेतावनी दिएको छ।

kumari

श्रीलंकावासीले खाद्यान्न र इन्धनलगायत अत्यावश्यक वस्तुहरूको चरम अभाव भोगेपछि मार्चमा शान्तिपूर्ण विरोध प्रदर्शन सुरु भएको थियो। श्रीलंकामा खाद्यान्न र इन्धनको अभावका कारण ठूलो सङ्ख्यामा मानिसहरू प्रभावित भएका कारण गम्भीर आर्थिक सङ्कटसँग जुधिरहेको छ।

श्रीलंकामा कोभिड–१९ को महामारी सुरु भएदेखि नै अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको छ, ईन्धन आयात गर्ने उसको क्षमतामा असर पारेको छ, जसले गर्दा देशमा बिजुली कटौती भएको छ। अत्यावश्यक वस्तुको अभावले श्रीलंकालाई मित्र राष्ट्रहरूबाट सहयोग माग्न बाध्य बनाएको छ।

प्रकाशित: Aug 23, 2022| 04:45 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।