शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशका ३ सहरमा शाकाहरी महोत्सव हुने, ३२ देशका प्रतिनिधि सहभागी हुने

देशका ३ सहरमा शाकाहरी महोत्सव हुने, ३२ देशका प्रतिनिधि सहभागी हुने

शाकाहारी खानाको प्रबर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालमा आयोजना हुने भएको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- शाकाहारी खानाको प्रबर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालमा आयोजना हुने भएको छ।

National life

वर्ल्ड भीगन अर्गनाइजेशन नेपालको आयोजनामा आगामी भदौ २८ देखि असोज ४ गतेसम्म महोत्सव गर्न लागिएकोबारे बताइएको छ। महोत्सव लुम्बिनीमा भदौ २८ र २९ गते, काठमाडौँमा भदौ ३० र ३१ गते र असोज १ गते काठमाडौँ तथा पोखरामा असोज २, ३ र ४ गते आयोजना हुनेछ।

भीगन जीवनशैली प्रबर्द्धन गर्ने लक्ष्यका साथ नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्न लागिएको संस्थाका महासचिव अजित थापाले बताए। उनले विश्वमा हाल भीगन पर्यटनको सम्भावना बढिरहेको सन्दर्भमा नेपालमा पनि यसको सम्भाब्यताबारे सचेतना फैलाउन कार्यक्रम उपयोगी हुने उनले बताए।

महोत्सवमा भारत, पाकिस्तान, इण्डोनेशिया, अमेरिकालगायत ३२ देशका प्रतिनिधिहरुको सहभागिता रहने छ। भीगन पर्यटन बढ्नसके यस क्षेत्रमा लगानी बढ्नुकासाथै ‘फुड कल्चर’ को प्रबर्द्धनमा समेत सहयोग पुग्ने आयोजकको विश्वास छ। ननडेरी भेजिटेरियनको रुपमा लिइने भीगनलाई ऋषिमुनिहरुको खाना पनि भनिन्छ। 

महोत्सवले हिमालय क्षेत्रमा विशुद्ध शाकाकारी जीवनशैलीको ज्ञान तथा सचेतना प्रचारप्रसार गरी यसको फाइदाको बारेमा सर्वसाधरणलाई ज्ञान दिनुका साथै विशुद्ध शाकाहार, अहिंसा, करुणामय जीवन अभ्यासी तथा जनावर संरक्षणकर्ताबीच समबन्ध विस्तार हुने जनाइएको छ। 

महोत्सवको आकर्षणका रुपमा एक सयभन्दा बढी अन्तर्राष्ट्रिय ख्याति प्राप्त वक्ता र सेलीब्रिटीको सहभागिता रहनेछ। ७५ भन्दा बढी सूचनामूलक प्रदर्शनी, भीगन खानका बिक्री कक्ष, भीगन प्रतियोगिता, राष्ट्रिय र अन्तर्राष्ट्रिय सेफहरुद्वारा पाक शिक्षा प्रदर्शनीलगायत कार्यक्रम रहेको छ।

प्रकाशित: Aug 23, 2022| 05:55 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।