बुधबार, फागुन २०, २०८२

१६ वर्षपछि प्रतिद्वन्द्वी इरानी कुर्दिश पार्टीबीच एकता

उत्तरी इराकमा रहेका दुई प्रतिद्वन्द्वी इरानी कुर्दिश विपक्षी दलले आन्तरिक विवादका कारण विभाजित भएको १६ वर्षपछि संयुक्त वक्तव्य जारी गर्दै आफ्नो पुनर्मिलनको घोषणा गरेका छन्।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

बगदाद- १६ वर्षसम्मको विभाजनपछि प्रतिद्वन्द्वी इरानी कुर्दिश पार्टीबीच फेरि एकता भएका छ।

उत्तरी इराकमा रहेका दुई प्रतिद्वन्द्वी इरानी कुर्दिश विपक्षी दलले आन्तरिक विवादका कारण विभाजित भएको १६ वर्षपछि संयुक्त वक्तव्य जारी गर्दै आफ्नो पुनर्मिलनको घोषणा गरेका छन्।

कुर्दिस डेमोक्रेटिक पार्टी अफ इरान (केडीपीआई) र कुर्दिस्तान डेमोक्रेटिक पार्टी–इरानबीच भएको वार्ताले पार्टीलाई पुनः एकीकरण गरेको विज्ञप्तिमा उल्लेख छ। सन् १९४५ मा स्थापना भएको केडीपीआई सबैभन्दा पुरानो इरानी कुर्दिस पार्टी हो, तर यसका अधिकांश सदस्यउत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रमा आधारित छन्।

यस पार्टीले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि नै इरानी अधिकारीहरूविरुद्ध विद्रोहको नेतृत्व गरेको थियो र यसले निर्वासनमा रहेर आफ्को विरोध जारी राखेको छ।

तेहरानले 'आतंकवादी’ संगठन मानेको सो पार्टीका कैयौँ नेतालाई लक्षित गरी हत्या गरिएको छ। सन् २००६ मा, आन्तरिक विवादका कारण केडीपीआईको एउटा गुट विभाजित भई  कुर्दिस्तान डेमोक्रेटिक पार्टी–इरान गठन भएको थियो।

kumari

'दुई दलको पुनर्मिलन इस्लामिक गणतन्त्र इरानको शासन र इरानको जातीय बहुलवाद र विभिन्न मानिसहरूको अधिकारलाई अस्वीकार गर्ने मानसिकताविरुद्ध सङ्घर्षको नयाँ चरण हो,' विज्ञप्तिमा भनिएको छ। गत जुलाईमा इरानको रिभोल्युसनरी गार्ड्सले उत्तरी इरानमा रहेका कुर्द पृथकतावादी समूहका संदिग्ध ‘आतङ्ककारी’ लाई देशको उत्तरपश्चिमबाट पक्राउ गरिएको बताएको थियो।

तेहरानले यसअघि उत्तरी इराकका ‘प्रतिक्रान्तिकारी’ समूहले आफ्नो भूमिमा आक्रमण गरेको आरोप लगाउँदै आएको थियो। सन् २०१८ को सेप्टेम्बरमा तेहरानले उत्तरी इराकमा रहेको केडीपीआईको मुख्यालयमा आक्रमण गर्दा १५ जनाको मृत्यु भएको थियो।

प्रकाशित: Aug 23, 2022| 05:00 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।