बिहीबार, असार ४, २०८३

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५० पैसा र बिक्री दर १२८ रुपैयाँ १० पैसा कायम गरेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५० पैसा र बिक्री दर १२८ रुपैयाँ १० पैसा कायम गरेको छ। 

National life

युरो एकको खरिद दर १२७ रुपैयाँ ५९ पैसा र बिक्री दर १२८ रुपैयाँ १९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५० रुपैयाँ ५३ पैसा र बिक्री दर १५१ रुपैयाँ २३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ १५ पैसा र बिक्री दर ८८ रुपैयाँ ५६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर ९८ रुपैयाँ ६७ पैसा छ। 

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३२ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ९५ पैसा र बिक्री दर ३४ रुपैयाँ ११ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ८१ पैसा र बिक्री दर ३४ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

Shivam cement

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५६ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।   -यस्तो छ आजको विनिमय दर

प्रकाशित: Aug 23, 2022| 06:19 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्