मंगलबार, पुस १, २०८२

तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

रासस

रासस

मंगलबार, भदौ ७, २०७९

टीकापुर- हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ। दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन्। जिल्लाका महिलाले यस वर्ष केही दिनअघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुरु गरिसकेका छन्।

National life

केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले दर खाने कार्यक्रम राखे। सो कार्यक्रममा सहभागी अस्पतालका सबै महिलाको पहिरन एउटै खालको थियो।

उनीहरूले बजारमा सुपथ मूल्यमा पाइने हेर्दा पनि सामान्य देखिने साडी र सामान्य गरगहना लगाएर तीज मनाएका थिए। “हामीले समानता हामीबाटै सुरु गर्नुपर्छ भन्ने ठान्यौँ, तीजमा गरिने अनावश्यक तडकभडक रोक्न अरुलाई पनि हौसला मिलोस् भनी एउटै खालको पोशाकमा तीज मनायौँ”, अस्पतालका नर्सिङ अधिकृत कलावती तिमिल्सिनाले भनिन्, ‘हामी अगुवा पनि हौँ, हाम्रो दायित्व सकारात्मक सन्देश दिने पनि हो। त्यसैले सस्तो सारी, गलामा तिलहरीमात्र लगाएर तीज मनायौँ। एकापसमा सबै उस्तै देखिँदा सबैलाई रमाइलो र आनन्द मिल्यो।”

जिल्लाको लम्कीचुहाकी सन्जु भण्डारी र उहाँका साथीहरूले समेत दर खाने कार्यक्रममा एउटै खालको पहिरन लगाए।

विगतका तीजलाई हेर्दा महिलाले महँगा साडी, सुनका गहना प्रदर्शन गर्ने चलन छ। यस वर्ष महिलाले अनावश्यक तडकभडक नदेखिने गरी सामान्य पहिरनमा तीज मनाएमा महँगो खरिद गर्न नसक्नेलाई पनि सहज हुने उनीहरुको भनाइ छ।

Laxmi sunrise bank
kumari

टीकापुरमा तिमिल्सिना समाजमा आवद्ध महिलाले समेत यस वर्ष एउटै खालको साडी किनेका छन्। उहाँहरुले यस वर्षको तीजमा सबै दिदी–बहिनी एक ठाउँमा जम्मा भएर पूजा गर्ने कार्यक्रम समेत तय गरेका छन्। सबैमा समानता देखियोस् भनेर बजारमा सस्तोमा पाउन सकिने साडी किनेको समाजमा आवद्ध रेश्मा भट्टले जानकारी दिइन।

जिल्ला प्रशासन कार्यालय कैलालीले समेत तीज पर्वलाई भड्किलो नबनाउन आग्रह गरेको छ। पर्वका अवसरमा अनावश्यक भीडभाड नगर्न, पार्टी प्यालेस तथा होटलमा अनावश्यक खर्च र भीड नगर्न आग्रह गरेको छ।

पर्व मानिसको खुसीसँग जोडिएको हुन्छ। पर्वले खुसी र उमङ्ग ल्याउनुपर्छ तर मानिसले ध्यान नदिँदा, अनावश्यक खर्च गर्दा पर्वले दुःखी पनि बनाउन सक्छ। त्यसैले अनावश्यक खर्च नगरी सामान्य तवरले तीज मनाउन कर्णाली मावि टीकापुरकी शिक्षिका कल्पना रेग्मी बताउँछिन्।

महिलाको स्वतन्त्रासँग जोडिएको पर्व भएकाले पहिरन समान लगाउनु, सामान्य दर कार्यक्रम गर्नु ठीकै हो। समान पहिरनका नाममा नयाँ कपडा किन्न नसक्नेलाई दबाब भने दिनु हुँदैन। लम्कीचुहा–३ की दुर्गा सोव सम्पन्न महिलाले तीजमा लगाउने कपडा र गहनाले विपन्न महिलालाई तनाव हुने गरेको बताउँछिन्।

प्रकाशित: Aug 23, 2022| 08:19 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।