काठमाडौं- काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन हिँडेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको छ। मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले बताए।
काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ। एक जनालाई भने ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट पक्राउ परेकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ।