शुक्रबार, साउन १५, २०८३

म्यानचेस्टर युनाइटेडसँग हार्‍यो लिभरपुल

सताब्दिपछि इंग्लिस प्रिमियर लिग(ईपीएल) को सुरुका दुवै खेलमा हार बेहोरेको म्यानचेस्टर युनाइटेडले लिभरपुलविरुद्ध पहिलो जित निकालेको छ।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- सताब्दिपछि इंग्लिस प्रिमियर लिग(ईपीएल) को सुरुका दुवै खेलमा हार बेहोरेको म्यानचेस्टर युनाइटेडले लिभरपुलविरुद्ध पहिलो जित निकालेको छ।

सोमबार राति युनाइटेडको ओल्ड ट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेडले लिभरपुलविरुद्ध २-१ को जित निकालेको हो।

घरेलु मैदानमा युनाइटेडका जोडन सान्चेले खेलको १६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा लिभरपुल पहिलो हाफमा एक गोलले पछि पर्‍यो।

त्यस्तै, खेलको ५३औं मिनेटमा मार्कस रासफर्डले युनाइटेडको अग्रता दुई गोलमा पुर्‍याएका थिए। खेलमा ७१ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि युनाइटेडविरुद्ध गोल गर्नका लागि लिभरपुलले ८१ मिनेट पर्खनु परेको थियो।

खेलको ८१औं मिनेटमा मोहम्मद सलाहले लिभरपुललाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर उनको एक गोलले लिभरपुललाई जित मात्र होइन बराबरीसम्म पनि पुर्‍याउन सकेन।

यससँगै लिभरपुलको सुरुआति तीन खेल आशातीत बन्न सकेन। यता यस पहिलेका दुवै खेलमा हार बेहोरेर चौतर्फी आलोचना खपेको युनाइटेडले भने सान्त्वना पाएको छ।

खेलमा लिभरपुलले युनाइटेडको भन्दा एक धेरै अर्थात् १७ पटक पोस्टतर्फ प्रहार गर्दै पाँच पटक लक्ष्यमा प्रहार गरेको थियो। तर, एकमात्र प्रयास सफल भयो।

यो हारसँगै लिभरपुलले ९ मध्ये सात अंक गुमाएको छ भने दुई अंक जोडेको छ।

‘हामीले विपक्षीलाई सुरुमा गोल गर्ने अवसर दिइरहेको जस्तो लाग्छ। त्यो कुरा नै अब हामीले टिममा सुधार गर्नुपर्ने हुन्छ,’ लिभरपुलका फुल ब्याक एन्डी राबर्टसनले भनेका छन्।

उनले वार्म अपको सायमा रंगशाला शान्त रहेको र १६ मिनेटको गोलपछि रंगशालाको माहोल परिवर्तन भएको महसुस गरेको पनि बताएका छन्।

‘हामी फुटबलमा अझै धेरै फाइट चहान्छौं र यसलाई खेलिरहन चहान्छौं,’ खेलपछि प्रशिक्षक क्लोपले भने, ‘हामीसँग आउँदो शनिबार एनफिल्डमा राम्रो होम गेम छ। हामी त्यहाँ लयमा हुनेछौं।’

प्रकाशित: Aug 23, 2022| 07:22 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।