मंगलबार, जेठ ८, २०८१

'हार्ड हिटिङ'मा लागेको नेपाली टोलीले केन्यामा गर्ला सुधार?

‘लक्ष्य भनेको टिमलाई राम्रो प्रदर्शन गराउनु अनि ट्यालेन्टलाई कुशल खेलाडीमा कसरी परिवर्तन गर्ने भन्‍ने नै हो। मेरो अनुभवमा यो धेरै कच्चा टिम हो तर मलाई आशा छ कि उनीहरुले राम्रो गर्नेछन र एक वर्षभित्रमै यो टिम राम्रो बन्‍नेछ।
 |  मंगलबार, भदौ ७, २०७९

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, भदौ ७, २०७९

काठमाडौं- भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी मनोज प्रभाकरले भदौको ९ गते नेपाली टिमलाई केन्याविरुद्ध खेलाउँदैछन्। नेपाली क्रिकेट टिमको प्रशिक्षण सम्हालेको केही दिनमै उनको टिमले सुधारिएको प्रदर्शनसहित केन्याविरुद्ध खेल्ने दाबी गरिएको छ।

triton college

‘केन्याविरुद्ध नै तपाईंहरुले नेपाली टिमको सुधारिएको प्रदर्शन देख्नु हुनेछ,’ खेलस्थल प्रस्थान गर्नुअघि सञ्चारकर्मीलाई विश्‍वास दिलाउँदै उनले भने। नेपालमा वर्षाको समय भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले केन्याको निमन्त्रणालाई सहजै स्वीकार गरी अभ्यासका लागि सोमबार राति टोलीलाई बिदाई गरेको छ। 

अब नेपालले केन्यामा पाँच टी-२० र तीन एक दिवसीय खेल खेल्नेछ। भदौ ९ गतेबाट हुने टी-२० भदौ १४ सम्म चल्नेछ। त्यस्तै, एकदिवसीय खेल भने भदौको १७ बाट २० गतेसम्म हुने केन्याको क्रिकेट बोर्डले जानकारी दिएको छ।

यो प्रतियोगिता खेलाडीका लागि धेरै महत्वपूर्ण भएको कप्तान सन्दिप लामिछाने बताउँछन्। उनलाई लाग्छ, ‘खेलाडीका नयाँ अनुहार र पुनरागमको संगम रहेको केन्याविरुद्धको सिरिज नयाँ प्रशिक्षकसँग स्टार्टअपको प्रतिकसमेत हो।’

प्रभाकरको सुरवाती नजरमै सन्दिप नेपालको डाइनामिक खेलाडीका रुपमा चित्रित भएका छन्। सन्दिपबारे प्रभाकरले भने, ‘हामीले युवा र डाइनामिक कप्तान पाएको छौं। युवा खेलाडीको लागि यो राम्रो संकेत हो।’ अनि सन्दिपले चाहीँ यो सिरिजमा टिममेटबाट पनि ‘भेरिएसन’को अपेक्षा राखेको बताएका छन्। उनले भने, ‘आफूभित्र भएका भेरिएसन, नयाँ शैलीलाई अभ्यास र खेलमा देखाउनका लागि यो भ्रमण महत्वपूर्ण रहनेछ। मलाई लाग्छ सबै उत्तिकै तयार रहनु भएको छ।’

corrent noodles
Metro Mart

कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा रहेको इन्डोर अभ्यास हलमा नेपाली टिमले प्रशिक्षकसँग केही दिन अभ्यास गर्‍यो। प्रशिक्षकको दृष्टिमा अभ्यास राम्रो भयो। अनि अभ्यासमा प्रभाकरले बुझेको एउटा कुरा हो- नेपाली टिमका खेलाडी राम्रो प्रदर्शनका भोका छन् र धेरै सिक्न उत्साही पनि छन्।

‘अभ्यासमा मैले रियलाइज गरेको छु– युवा खेलाडीहरु राम्रो प्रदर्शन दिनका लागि भोका छन, टिममा मेले देखेको उत्कृष्ट कुरा नै यही हो। उनीहरुको प्रदर्शनलाई राम्रो बनाउनका लागि म सक्दो प्रयास गर्नेछु,’ प्रभाकरले भने।

प्रभाकरले नेपाल आउनेवित्तिकै नेपाली टिमले ‘हार्ड हिटिङ’ को बाटोमा लागेर ‘टेक्निक’ बिर्सिएको बताएका थिए। अहिले उनी त्यस्तै कमजोरीहरु टाल्न लागिपरेका छन्। त्यसो त पहिले उनले भिडियो सामाग्रीका आधारमा मात्रै उनले विश्लेषण गरेका थिए। भिडियोमा देखिएको गल्ती इन्डोर अभ्यासमा उनले हेरे। अब यो समाधान कहिले होला त?

‘केही समस्याहरु चाँडै समाधान हुनसक्ने खालमा छन्। जति चाँडो उनीहरुले सिक्छन्, त्यति नै छिटै समस्याको समाधान हुनेछ,’ प्रशिक्षक प्रभाकरले भने, ‘म उनीहरुलाई सिकाउनका लागि प्रयास गरिरहेको छु। र, सिक्ने प्रक्रिया पनि छिटो अघि बढिरहेको जस्तो लाग्छ।’ उनलाई यस्तो पनि लाग्छ कि ‘केन्या भ्रमणमा नै फरक महसुस गर्नेछौं।’ 

‘लक्ष्य भनेको टिमलाई राम्रो प्रदर्शन गराउनु अनि ट्यालेन्टलाई कुशल खेलाडीमा कसरी परिवर्तन गर्ने भन्‍ने नै हो। मेरो अनुभवमा यो धेरै कच्चा टिम हो तर मलाई आशा छ कि उनीहरुले राम्रो गर्नेछन र एक वर्षभित्रमै यो टिम राम्रो बन्‍नेछ।’

अहिले नेपाली टिमका नियमित सदस्य कुशल भुर्तेल टिममा छैनन्। डेभ वाटमोरको समयमा राम्रो ब्याटिङ गरेका कुशल पुबुदु दाशानायकेको पालमा (विशेष गरी एकदिवसीय प्रतियोगिता) खस्किए। प्रदर्शन राम्रो भएन। तर पुबुदुले टिममा राख्‍न नचाहेका टेक्निकल ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल धेरै समय पछि राष्ट्रिय टिममा फर्किएका छन्। अनि युवा खेलाडीलाई पनि आवसरको खाँचो उत्तिकै छ।

त्यसो भए नेपाली टिमको ब्याटिङ अर्डरमा फरक पाउन सक्छौं होला त? प्रश्नको जवाफमा प्रशिक्षकले यो कुरा खेलाडीमा नै निर्धारित रहेर अघि बढ्ने बताए। ‘मैले कसरी नयाँ बल र बलर फेस गर्ने भन्‍ने कुरामा ब्याटिङ अर्डर निर्धारण गर्नेछु। यो खेलाडीमै भर पर्ने कुरा भयो। अनि म उनीहरुले बुझ्‍नै शैलीमा सिकाउनेछु कि कसरी स्विङ बललाई चिन्‍ने (आदि)। यो कुरा नै नेपाली टिममा यसअघि खड्किएको थियो,’ प्रशिक्षक प्रभाकरले भने, ‘र, यी कुरा ठिक तरिकाले अघि बढ्नेछ।’


 केन्या सिरिजलाई लिएर प्रशिक्षक प्रभाकरका पनि आफ्नै लक्ष्यहरु छन्। उनको मुख्य लक्ष्य भनेको नै नेपाली ट्यालेन्टलाई कसरी राम्रो खेलाडीका रुपमा उतार्ने भन्‍ने नै हो। सँगैमा टिमकै प्रदर्शनमा सुधार ल्याउने पनि उनको लक्ष्य हुनेछ। उनले भने, ‘लक्ष्य भनेको टिमलाई राम्रो प्रदर्शन गराउनु अनि ट्यालेन्टलाई कुशल खेलाडीमा कसरी परिवर्तन गर्ने भन्‍ने नै हो। मेरो अनुभवमा यो धेरै कच्चा टिम हो तर मलाई आशा छ कि उनीहरुले राम्रो गर्नेछन र एक वर्षभित्रमै यो टिम राम्रो बन्‍नेछ।’

अहिले जारी मनसुनपछि क्रिकेटका सिजन सुरु हुनेछ। त्यो सिरिजको अभ्यासका रुपमा केन्या भ्रमणलाई खेलाडी, क्यान र प्रशिक्षकले संयुक्त रुपमा बुझेका छन्। अझ क्यानले यता प्रशिक्षक प्रभाकरका लागि नेपाली टिसँग यो नै औपचारिक प्रतियोगिता भनेर पनि व्याख्या गरेको छ।

अनि ‘आउने ठूलो सिरिजअघि प्रशिक्षकलाई खेलाडी नजिकबाट चिन्‍ने अवसर पनि हुनेछ।’ 

क्यानलाई र्‍यांकिङको आशा

नेपालमा अहिलेको समयमा वर्षाको सिजन रहेको र यो समयमा खेल आयोजना नसकिने भएको कारण केन्याको प्रस्ताव स्वीकार गरेको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताएका छन्। उनले भने, ‘सबैलाई जिज्ञासा हुनसक्छ, क्यानले कम वरीयता भएको देशसँग सिजनबीचमा प्रतियोगिता किन राख्यो भनेर, तर यहाँ बर्खा चलिरहेका छ र खेलाडीलाई अभ्यास आवश्यक छ।’

नेपाली क्रिकेटको पछिल्लो यात्रा हेर्ने हो भने बिर्सनलायक पलहरु धेरै छन्। जुन पुनः नदोहोर्‍योस् भन्‍ने धेरैलाई लाग्छ। अध्यक्ष चन्दलाई पनि त्यस्तै लाग्छ। चन्दले भने, ‘प्रदर्शन राम्रो भएर पनि नतिजा हाम्रो पक्षमा भइरहेको छैन। त्यति मात्र होइन, लिग दुईका पछिल्लो दुई सिरिज पनि नेपालका लागि सम्झन लायक रहेनन्। सबैले आफ्नो ठाउँबाट मिहिनेत गर्दागर्दै पनि ओभरअलमा तल पर्‍यौं।’

पछिल्लो समय नेपाल टी-२० विश्वकप र एसिया कपको छनोटबाटै बाहिरियो। त्यो नेपालका लागि दुर्भाग्य रह्यो। नेपालले छनोटका चार खेल जिते पनि तीन खेल जितेको आयरल्यान्डले विश्वकप खेल्ने भयो नेपाल बाहिरयो। यी कुरा मनमा आउँदा ‘कोभिडको कारण प्रतियोगिता नभएर पछि परेको हो कि झैँ पनि लाग्छ’ चन्दलाई।

अब सेप्टेम्बरको दोस्रो हप्तामा लिग २ को महत्वपूर्ण खेल छ। र, वर्षाको समयमा त्यसै बस्दा खेलाडीको फर्म पो बिग्रिने हो कि! किनभने अमेरिका सिरिज र आयरल्यान्ड सिरिज नेपालका लागि राम्रो रहेनन्। त्यसैले आउँदो समयका लागि अहिले बाटै अभ्यास गर्न जरुरी भयो।

‘केन्या वरीयतामा तल रहे पनि एक समयमा भारतलाई चुनौति दिने टिम थियो,’ अध्यक्ष चन्द भन्छन्, ‘अल्पकालीन लक्ष्यसँगै मुख्य लक्ष्य भनेको २०२४ को विश्वकप हो। त्यसमा छनोट हुनका लागि हामीले यो अभ्यास गरिरहेको हो भनेर बुझ्नुपर्छ,’ उनले भने। 

उनले थपे, ‘खेलाडीको मिहनतले सिरिज सफल हुनेछ भन्‍ने लागेको छ। नेपाललाई विश्वकपमा पुर्‍याउनुपर्ने भावना छ। त्यसको लागि अहिलेबाटै अघि बढ्नुपर्ने हुनेछ। यो सिरिजमा प्रदर्शन सुधारियोस्। खेललाई निखार्ने अवसर पनि सिरिजबाट पाउनेमा आशा गर्दछौं।’

यति मात्र क्यानको लक्ष्य होइन। उनी वरीयता सुधार हुनेमा पनि उत्तिकै आशावादी छन्।  भन्छन्, ‘यससँगै र्‍यांकिङमा केही प्रभाव पार्ला। नेपाल अनुकुल अवस्था भएमा हाम्रो लक्ष्य शीर्ष ११ मा जाने नै हो।’ चन्दले पनि नेपाली खेलाडीको प्रदर्शन सुधार्न सक्ने क्षमता भएको प्रशिक्षकको रुपमा प्रभाकरलाई व्याख्या गरेका छन्। उनले आफ्नो युवा अवस्था सम्झिँदै भनेका छन्, ‘सुरुमा क्रिकेट खेल्दैगर्दा मनोज प्रभाकरजस्तै खेल्न चहान्थ्यौँ। ओपनिङ ब्याटिङ पनि गर्ने बलिङमा झनै उत्कृष्ट। अहिले उहाँ प्रशिक्षक हुनुहुन्छ। उहाँले पनि नेपाली टिमलाई माथि पुर्याउनु हुनेछ। र, लागेको छ उहाँको प्रशिक्षणमा नेपाल देशको नाम पनि माथि आउनेछ।’

आठ खेलका लागि केन्या जाने नेपाली टिमलाई नेपाल क्रिकेट संघ(क्यान) ले सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै विदाई गरेको छ। नेपाली टिम आजै राति त्यसतर्फ प्रस्थान गर्नेछ। यो सिरिजको लागि सम्पूर्ण खर्च केन्याले नै बेहोर्ने भएको छ। पछिल्लो समय नेपाली टिमका मूख्य प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएपछि नेपाली टिमले कुनै अन्तर्राष्ट्रिय खेल खेलेको छैन।

नेपाली टिमः

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेट किपर), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदील आलम, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेट किपर), पवन सर्राफ, शाहब आलम, किशोर महतो र विवेक यादव। 

प्रकाशित: Aug 23, 2022| 06:10 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।