शुक्रबार, असोज ९, २०८३

अलैँचीको बजारीकरणका लागि 'वाह अलैँची' कार्यक्रम

अलैँचीको प्रवर्द्धन गर्ने उद्देश्यले स्वीस सरकारको सहज कार्यक्रमअन्तर्गत वाह अलैँची कार्यक्रम सुरुआत गरिएको हो।
 |  मंगलबार, भदौ ७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ७, २०७९

झापा- नेपाल अलैँची व्यवसायी महासंघले नेपालमा उत्पादित अलैँचीको बजारीकरणका लागि ‘वाह अलैँची’ नामक कार्यक्रम सुरुआत गरेको छ। अलैँचीको प्रवर्द्धन गर्ने उद्देश्यले स्वीस सरकारको सहज कार्यक्रमअन्तर्गत वाह अलैँची कार्यक्रम सुरुआत गरिएको हो। 

स्वीस कार्यक्रममार्फत नै मास्टर सेफ सन्तोष साहलाई अलैँचीको ब्राण्ड एम्बासेडर नियुक्त गर्दै कार्यक्रमको सुरुआत गरिएको हो।

प्रदेश नं १ सरकारको सहयोगमा सञ्चालित कार्यक्रमको उद्घाटन कार्यक्रममा प्रदेश १ का कृषि मन्त्री झलकसिंह दर्लामीले नेपालमा उत्पादित अलैँची विश्व बजारमा प्रख्यात रहे पनि नेपालमा यसको प्रयोग ज्यादै न्यून रहेकाले नेपाली उपभोक्ता माझ पनि अलैँचीका विषयमा जानकारी दिनुपर्ने बताए। उनले अलैँची उत्पादन गर्ने कृषक र व्यवसायीका लागि प्रदेश सरकारले सहयोग पुर्‍याउने बताए। 

नेपालमा वार्षिक सात अर्बको अलैँची उत्पादन हुँदै आएको छ। नेपालका ४५ जिल्लाको झण्डै १८ हजार ४०० हेक्टर क्षेत्रफलमा व्यावसायिकरूपमा अलैँची खेती हुँदै आएको र वार्षिक करिब पाँच हजार पाँच सय मेट्रिकटन अलैँची उत्पादन हुने गरेको नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए। -रासस


प्रकाशित: Aug 23, 2022| 06:30 मंगलबार, भदौ ७, २०७९
प्रतिक्रिया दिनुहोस्