मोरङका तीन क्षेत्रको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना दिउँसो १ बजेदेखि सुरू गर्ने निर्णय सर्वदलीय बैठकले गरेको हो।
काठमाडौं क्षेत्र नम्बर ७ को मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले अग्रता लिएका छन्। उनले १७७ मतसहित अग्रता लिएका हुन्।