मंगलबार, साउन १९, २०८३

कैलालीका ५ प्रतिनिधिसभा सदस्य पदका लागि ५० जनाको उम्मेदवारी

आगामी मङ्सिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कैलाली जिल्लामा प्रतिनिधिसभातर्फ ५० र प्रदेशसभातर्फ ९३ जनाले आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

धनगढी- आगामी मङ्सिर ४ गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कैलाली जिल्लामा प्रतिनिधिसभातर्फ ५० र प्रदेशसभातर्फ ९३ जनाले आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। 

प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा विभिन्न दलका तर्फबाट ४० र स्वतन्त्र १० जनाको उम्मेदवारी परेको हो । प्रदेशसभाका १० निर्वाचन क्षेत्रका लागि विभिन्न दलका तर्फबाट ६२ र स्वतन्त्र ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ मा ११, क्षेत्र नं २ मा नौ, ३ मा आठ, ४ मा ११ र ५ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै क्षेत्र नं १ को (क) र (ख) प्रदेश सभातर्फ १९, क्षेत्र नं २ को (क) र (ख) प्रदेशसभातर्फ २०, क्षेत्र नं ३ को (क) र (ख) प्रदेशसभाका लागि २१, क्षेत्र नं ४ को (क) र (ख) प्रदेशसभातर्फ १९ र क्षेत्र नं ५ को (क) र (ख) प्रदेशसभातर्फ १४ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन्। 

प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी क्षेत्र नं ५ मा (धनगढी क्षेत्र) परेको छ । यहाँ पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा नेपाली कांग्रेसले कारबाही गरेका पूर्वमन्त्री पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। 

प्रदेशसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी निर्वाचन क्षेत्र नं ३ को (ख) मा सात जनाले दर्ता गराएका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभाका आकांक्षीहरूले आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएका हुन्। 

कैलाली निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दर्ता गराए।

कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य नारदमुनी रानाले उम्मेदवारी दर्ता गराए। निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभामा कांग्रेसका युवानेता प्रकाशबहादुर देउवा, निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी र सोही क्षेत्रको प्रदेशसभामा अर्का केन्द्रीय सदस्य डा रणबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन्। 

प्रकाशित: Oct 10, 2022| 00:15 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...