आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुद ह्याण्डबलको पहिलो खेलमा गण्डकी र आर्मी भिड्दै

नवौं राष्ट्रिय खेलकुद ह्याण्डबलको पहिलो खेलमा गण्डकी र आर्मी भिड्दै

सोमबार सुरु हुने पुरुष ह्याण्डबलतर्फ आयोजक गण्डकी प्रदेश र नेपाल आर्मी भिड्ने भएका हुन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

काठमाडौं- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजबाट सुरु हुँदैछ। सोमबार सुरु हुने पुरुष ह्याण्डबलतर्फ आयोजक गण्डकी प्रदेश र नेपाल आर्मी भिड्ने भएका हुन्।

National life

राष्ट्रिय खेलकुद परिषद प्राविधिक उपसमिति र नेपाल ह्याण्डबल संघले जारी गरेको खेल तालिका अनुसार सोमबार बिहान ८:०० बजे हुने खेलमा गण्डकी र आर्मी भिड्ने भएका हुन्। आठौं राष्ट्रिय खेलकुदमा गण्डकी स्वर्ण पदक विजेता रहेको थियो भने नेपाल आर्मीले कास्य पदक जितेको थियो।

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत २०औं राष्ट्रिय पुरुष तथा ११औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको खेल तालिका अनुसार समूह ए मा गण्डकी, बाग्मती, मधेश प्रदेश, आर्मी र कर्णाली प्रदेश रहेका छन् भने सुमह बि मा एपिएफ, लुम्बीनी, प्रदेश नं १ र सुदुर पश्चिम रहेका छन्।

त्यसैगरी महिला तर्फ समूह ए मा एपिएफ, लुम्बिनी, सुदुर पश्चिम र गण्डकी तथा समुह बि मा नेपाल आर्मी, प्रदेश नं १, बाग्मती, मधेश प्रदेश र कर्णाली प्रदेश रहेका छन् ।

नेपाल ह्याण्डबल संघका महासचिव सन्देश रेग्मी अनुसार उद्घाटन खेल सोमबार दिउसो ३ बजे हुनेछ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना हुने नवौं राष्ट्रिय अन्तर्गत सोमबार महिला र पुरुषका गरी ८ वटा खेल सञ्चालन हुनेछन्। नवौं राष्ट्रियमा ह्याण्डबल खेल असोज २९ गते सम्म सञ्चालन हुनेछ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 10, 2022| 06:50 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।