मंगलबार, साउन १९, २०८३

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तीन विधेयक प्रमाणीकरण गरेकी छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न तीन विधेयक प्रमाणीकरण गरेकी छन्। 

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रणामीकरण गरेको राष्ट्रपति कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। 

प्रमाणित भएका विधेयकमा बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन्।


प्रकाशित: Oct 09, 2022| 22:00 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...