बुधबार, वैशाख ९, २०८३

चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ पूर्ण बैठक सुरु

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को १९ औं केन्द्रीय समितिको सातौँ पूर्णबैठक आज यहाँ प्रारम्भ भएको छ। बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

National life
kumari

बेइजिङ- चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)को १९ औं केन्द्रीय समितिको सातौँ पूर्णबैठक आज यहाँ प्रारम्भ भएको छ। बैठकमा पार्टीका महासचिव सी चिनफिङले पार्टी केन्द्रीय समितिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। 

महासचिव सीले २० औँ राष्ट्रिय महाधिवेशनका निम्ति तयार पारिएको प्रतिवेदनको मस्यौदामाथि पनि व्याख्यात्मक टिप्पणी गरेका छन्। पार्टीका अर्का नेता वाङ हुनिङले पनि चिनियाँ कम्युनिष्ट पार्टीको विधान संशोधन मस्यौदामा व्याख्यात्मक टिप्पणी गरे। बैठकमा सातौँ पूर्णसत्रमा छलफलका लागि पेश गर्नुपर्ने तीनवटा दस्तावेजको अध्ययन पनि गरेको छ। 

सिपिसीको २० औँ राष्ट्रिय महाधिवेशन यही असोज ३० गते यहाँ हुँदैछ। सिपिसीको यो महाधिवेशन चीनलाई आधुनिक सामाजवादी राष्ट्रका रूपमा रूपान्तरण गर्ने महत्वपूर्ण मानिएको छ। महाधिवेशनमा  पार्टीले विगत पाँच वर्षमा गरेका कामको समीक्षा गर्नेछ। चिनियाँ विशेषतासहितको समाजवादलाई कायम गर्ने र चीनलाई नयाँ युगमा अग्रसर गराउनेबारेमा गहन छलफल हुनेछ। 

प्रकाशित: Oct 10, 2022| 05:00 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।