मंगलबार, फागुन १९, २०८२

प्रदर्शनकारीद्वारा इरानको सरकारी टिभी ह्याक

इरानको सरकारी टेलिभिजनलाई शनिबार प्रदर्शनकारीहरूले प्रत्यक्ष प्रसारणको क्रममा ह्याक गरेका छन्।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

तेहरान- इरानको सरकारी टेलिभिजनलाई शनिबार प्रदर्शनकारीहरूले प्रत्यक्ष प्रसारणको क्रममा ह्याक गरेका छन्। 

देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी दक्षिणी शहर बुशेहरमा एक बैठकमा भाग लिइरहेका बेला सरकार विरोधी प्रदर्शनकारीले केही क्षण प्रसारणमा अवरोध गरेका केबल न्युज नेटवर्क सिएनएनले जनाएको छ। देशभर चलिरहेको अशान्तिबारे झक्झक्याउन तथा सरकार विरोधी सन्देश प्रवाह गर्न  उनीहरूले प्रसारणमा अवरोध गरेका हुन्। 

शिर राम्ररी नढाकेको अभियोगमा केही साताअघि पक्राउ परेकी २२ वर्षीया महसा अमिनीको प्रहरीले नियन्त्रणमा लिएपछि मृत्यु भएपछि देशभर शुरू भएको विरोध प्रदर्शनका क्रममा देशका विभिन्न भागमा हिंसात्मक झडप भएका छन्। त्यस क्रममा धेरैको मृत्यु भएको छ।

सरकार, विपक्षी समूह, अन्तर्राष्ट्रिय मानवअधिकार सङ्गठन र स्थानीय पत्रकारहरूले त्यस्ता झडपमा ज्यान गुमाएकाहरूको फरक–फरक विवरण सार्वजनिक गरेका छन्। नर्वेमा रहेको इरान–केन्द्रित मानवअधिकार समूहले इरानभरि प्रदर्शन शुरू भएयता एक सय ५४ जनाले ज्यान गुमाएका जनाएको छ। 

प्रकाशित: Oct 10, 2022| 05:30 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।