मंगलबार, फागुन १९, २०८२

घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु

गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

इस्लामावाद- पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ जनाको मृत्यु भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ।

छत खसेलगत्तै स्थानीयवासी घटनास्थलमा पुगेका र करिब दुई घण्टाको प्रयासपछि शव निकालिएको प्रहरीले जनाएको छ। उद्धारकर्मी र स्थानीय अधिकारीहरूले शवहरूलाई स्थानीय अस्पताल परीक्षणका निम्ति पुर्‍याएका थिए। 

यसैबीच, भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आइतबार एउटा बस पहाडबाट खस्दा १० जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्।   दुर्घटना आन्ध्र प्रदेशको  अल्लुरी सीताराम राजु जिल्लामा भएको हो। 

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस विशाखापट्टनम शहरबाट एएसआर जिल्लाको पडेरु क्षेत्रतर्फ गइरहेको थियो। घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

प्रकाशित: Oct 09, 2022| 23:45 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।