मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेँ : मन्त्री कोइराला

संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेँ : मन्त्री कोइराला

कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेको बताएका छन्।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द शर्मा कोइरालाले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन अधिकतम प्रयास गरेको बताएका छन्। 

सिंहदरबारस्थित कानुन मन्त्रालयमा आइतबार आफ्नो कार्यकालको अन्तिम दिन आफूले गरेको कामका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (तेस्रो संशोधन) विधेयक–२०७९ अधिकतम प्रयास गरेर अन्तिम अवस्थामा रहेको बताए। 

'नेपालमा शान्ति प्रक्रिया लामो समयसम्म रह्यो, आठ वर्षसम्म आयोग राखियो,' मन्त्री कोइरालाले भने, 'सबै प्रयत्न गरियो, संसद्को कार्यकाल सकिएकाले अघि बढ्न सकेन तर सबै तयारी अवस्थामा छ।' मन्त्री कोइरालाले सत्तापक्ष र प्रमुख प्रतिपक्षले सहयोग गरेको भए पनि समय हुँदा पनि सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा केही राजनीति भएर अघि बढ्न नसकेको सुनाए।

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउने उद्देश्यका साथ कानुनका विज्ञको हैसियतले कोइरालालाई गत चैत २४ गते कानुनमन्त्रीमा नियुक्त गरिएको थियो। आज ६ महिनाको कार्यकाल पूरा भएर बिदा भएका हुन्। 

प्रकाशित: Oct 09, 2022| 21:40 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...