मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • डडेल्धुरामा एमालेले तोड्यो ओलीको निर्देशन, कांग्रेस (बीपी) विरुद्ध उम्मेदवारी

डडेल्धुरामा एमालेले तोड्यो ओलीको निर्देशन, कांग्रेस (बीपी) विरुद्ध उम्मेदवारी

डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो।
 |  आइतबार, असोज २३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज २३, २०७९

डडेल्धुरा- डडेल्धुरा नेकपा (एमाले) ले डडेल्धुरामा नेपाली कांग्रेस (बीपी) सँगको गठबन्धन तोडेको छ। एमालेले कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई प्रतिनिधिसभा सदस्यमा समर्थन गर्ने जनाएको थियो। तर आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर एमालेका चक्र स्नेहीले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। 

उनी राष्ट्रियसभाका पूर्वसदस्य हुन्। एमाले डडेल्धुराले केन्द्रबाट आधिकारिकरूपमा निर्देशन नआएकाले प्रतिनिधिसभामा एकल उम्मेदवारी दिएको जनाएको छ।

उनीसँगै प्रदेशसभा (क) मा सुदूरपश्चिमका पूर्वमन्त्री पठानसिंह बोहोरा र प्रदेशसभा (ख) मा गजेन्द्र शाहीले मनोनयन दर्ता गराएका छन्। 

यस्तै प्रतिनिधिसभामा कांग्रेस (बिपी) का वरिष्ठ उपाध्यक्षसमेत रहेका मल्लले पनि उम्मेदवारी दर्ता गराएका छन्। मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वसभापति समेत हुन्। नेपाली कांग्रेसको अधिवेशनका बेला क्रियाशील सदस्यता वितरणको विषयलाई लिएर संस्थापन पक्षसँग विवाद भएको थियो। त्यसपछि उनी कांग्रेस (बीपी) मा प्रवेश गरेका थिए। 



प्रकाशित: Oct 09, 2022| 23:15 आइतबार, असोज २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...