बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोरखामा पहिरोमा परेर घाइते भएकालाई सेनाको हेलिकप्टरबाट उद्धार

गोरखामा पहिरोमा परेर घाइते भएकालाई सेनाको हेलिकप्टरबाट उद्धार

उत्तरी गोरखामा पहिरोमा परेर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

National life

काठमाडौं- उत्तरी गोरखामा पहिरोमा परेर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुर्खेत घर भएका ४२ वर्षीय दीपक विकलाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

केही दिनदेखिको अविरल वर्षाले गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा पहिरो झरेको थियो। उक्त पहिरोमा परेर घाइते भएका विकको आइतबार हेलिकप्टरबाट उद्धार गरिएको हो।

उनलाई उद्धार गरी काठमाडौं ल्याइएको र अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

प्रकाशित: Oct 10, 2022| 07:07 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।