सोमबार, भदौ २९, २०८३

हुम्लामा पहिरोमा पुरिएर चार जनाको मृत्यु

हुम्लाको चंखेली गाउँपालिका–६ को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरू एउटै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।
 |  सोमबार, असोज २४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज २४, २०७९

सिमकोट– हुम्लाको चंखेली गाउँपालिका–६ को देनबाडामा आइतबार दिउँसो पहिरो जाँदा चार जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेहरू एउटै परिवारका सदस्य रहेको प्रहरीले जनाएको छ।

पहिरोमा ज्यान गुमाउने देउच्या सार्कीका परिवारका सदस्य हुन्। पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु र ३ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्।

प्रहरी चौकी मेल्छाम र सर्किगाडबाट गएको प्रहरी टोली र स्थानीयको सक्रियतामा घाइतेको उद्धार गरी स्वास्थ्यचौकीतर्फ लगिएको छ। चार जनाको शव भने पुरिएकै घरभित्र रहेको छ। वर्षा भइरहेका कारण शव निकाल्न नसकिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Oct 10, 2022| 06:24 सोमबार, असोज २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।