बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उडान नहुने दिन यात्रुलाई बोर्डिङ पास गराएको भन्दै वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण

उडान नै नभएको दिन (३० अक्टोबर) मा दिल्ली उडान गर्ने भन्दै यात्रुलाई टिकट बिक्री गरी विमानस्थलमा बोलाई बोर्डिङ पाससमेत गराएको भन्दै एयरलाइन्सलाई स्पष्टीकरण सोधिएको जानकारी प्राधिकरणले दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

आचारसंहिता उल्लंघन गर्दै बाजागाजा वितरण

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्। उनले निर्वाचन आचारसंहिता विपरीत मतदातालाई प्रलोभनमा पार्ने काम गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

कुन प्रदेशको मतपत्रमा कति चुनाव चिह्न?

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि ४७ वटा निर्वाचन चिन्ह भएको मतपत्र प्रयोग हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

अब के हुन्छ डा. तोसिमा कार्कीको उम्मेदवारी?

निर्वाचन आयोगले काउन्सिलको कार्यकारी सदस्य लाभको पद भएकाले त्यसमा कायम रहेर उम्मेदवार हुन नसक्ने ठहर गर्दै डा. कार्कीको उम्मेदवारी खारेज गरेको छ। आयोगको यो निर्णय आफूलाई अमान्य भएको भन्दै अदालत...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

लोकतान्त्रिक खेलकुद संघको खेलाडी सम्मान, गएनन् पारस खड्का

बूढानीलकण्ठ तथा टोखा नगरपालिका खेलकुद संघको संयुक्त आयोजनामा विभिन्न खेलविधिका ३५ सहित पूर्वखेलाडी तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्म कैद माग गर्दै मुद्दा दर्ता

नाबालिग बलात्कार आरोप लागेका सन्दीपविरुद्ध १२ वर्षसम्म कैद सजाय मागदाबीसहित किशोरीलाई क्षतिपूर्ति दिन माग गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

७ करोड थान मतपत्र छापियो, १ करोड छाप्न बाँकी

मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा समानुपातिक निर्वाचन प्रणालीततर्फको मतपत्र ढुवानी भइसकेको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ हालसम्म ७८ लाख ६५ हजार मतपत्र ढुवानी सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

नेकपा एसको घोषणापत्र : मुलुकलाई समृद्ध बनाउन भ्रष्टाचारमुक्त सरकार

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि नेकपा एसले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा आर्थिक क्षेत्रमा मुलुकको प्रगति हुन नसक्नुमा भ्रष्टाचारलाई प्रमुख कारण मानियो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

उम्मदेवारलाई १७ कात्तिकदेखि १ मंसिरसम्म जुलुस, आमसभा गर्न आयोगको स्वीकृति

निर्वाचन प्रचार–प्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्च बनाउँदा लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

४ मंसिरको चुनावपछि कांग्रेस नेतृत्वकै सरकार : नेता प्रकाशमान सिंह

नागरिकको चाहनाअनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गर्न कांग्रेसबाहेक अन्य दलले नसक्ने नेता सिंहको दाबी।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

विद्युत् पूर्वाधार विस्तार गर्दै प्राधिकरण

देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

राप्रपाको स्मार्ट घोषणापत्र : २०४६ पछिका नेताको सम्पत्ति छानबिन मुख्य मुद्दा

राप्रपाद्वारा देशको अभिभावकीय भूमिकामा राजा रहनुपर्ने तथा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने गरी शासकीय व्यवस्थाको वकालत।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

लैंगिक तथा यौनिक अल्पसंख्यकको कथा दर्शाउने चित्र पुस्तक 'ओभरलुक्ड फेसेज अफ नेपाल'

लैंगिक तथा यौनिक अल्पसंख्यकहरूको कथा दर्शाउने चित्र पुस्तक ‘ओभरलुक्ड फेसेज अफ नेपाल’ सार्वजनिक भएको छ। डा. परिधि शर्मा र डा. अर्पणा पाठकले कोरेका चित्रहरू मण्डला र मिथिला शैलीबाट प्रभावित छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिमा रातो रङ र समानुपातिकतर्फ सेतो पृष्ठभूमिमा कालो निर्वाचन चिह्न

प्रत्यक्षतर्फ प्रत्येक निर्वाचन क्षेत्रमा कायम रहेका उम्मेदवार वा दलको निर्वाचन चिह्न मात्र रहेको मतपत्र हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

कैलाली बाढीको असर : स्थानीय तरकारी पाउनै मुस्किल

टीकापुर बजारमा अहिले तरकारीको बजार मूल्य यस वर्षकै महँगो अवस्थामा पुगेको छ। चाडपर्वसँगै स्थानीय उत्पादन नहुँदा यस वर्ष तरकारीको बजार मूल्य अधिक बढेको उपभोक्ताको गुनासो छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

प्रसूति सेवा हुनु त यस्तो पो!

निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उनले बताए। निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

छठ हेर्न गएका बालकको छुरा प्रहार गरी हत्या

आईतबार राती उर्लाबारी ७ मावा खोलानजिक छुरा प्रहार गरेर झापाको दमक नगरपालिका–१० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

प्रहरी भन्छ- सन्दीपलाई १२ वर्ष कैद माग गर्ने यथेष्ट प्रमाण छ, सम्पत्तिको पनि छानबिन

अनुसन्धानका क्रममा सन्दीपविरुद्ध आरोप पुष्टि हुने यथेष्ट प्रमाण संकलन भएको प्रहरी स्रोतले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

गुजरातको मोरबीमा पुल चुँडिंदा मृत्यु हुनेको संख्या १३२ पुग्यो

आइतबार साँझ गुजरातको मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

माओवादी केन्द्रले आज प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९