आइतबार, साउन १७, २०८३

४ मंसिरको चुनावपछि कांग्रेस नेतृत्वकै सरकार : नेता प्रकाशमान सिंह

नागरिकको चाहनाअनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गर्न कांग्रेसबाहेक अन्य दलले नसक्ने नेता सिंहको दाबी।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं– कांग्रेस नेता प्रकाशमान सिंहले आगामी ४ मंसिरको चुनावपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन्। सोमबार काठमाडौंको नयाँबानेश्वरमा आयोजित चुनावी कार्यक्रममा सिंहले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी बाँकी रहेका कार्यभार पूरा गर्न कांग्रेसले नै सरकारको नेतृत्व गर्ने बताएका हुन्।

उनले नागरिकको चाहनाअनुसारको शासन व्यवस्थामा सुधार, भ्रष्टाचार अन्त्य र विधिको शासन कायम गरेर समृद्धि हासिल गर्न कांग्रेस नेतृत्वको गठबन्धन सरकारले जिम्मा लिने दाबी गरे।

यी सबै काम कांग्रेस नेतृत्वको सरकारले मात्रै गर्न सक्ने उनको भनाइ छ। अवसर पाउँदा कसले के गरिरहेको छ र कसले के गरेन भनेर लेखाजोखा गर्न उनले मतदातालाई आग्रह गरे।

प्रकाशित: Oct 31, 2022| 13:01 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...