मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • गुजरातको मोरबीमा पुल चुँडिंदा मृत्यु हुनेको संख्या १३२ पुग्यो

गुजरातको मोरबीमा पुल चुँडिंदा मृत्यु हुनेको संख्या १३२ पुग्यो

आइतबार साँझ गुजरातको मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं- भारतको गुजरातमा हालै मर्मत गरिएको १ सय ४० वर्ष पुरानो झोलुंगे पुल चुँडिंदा १३२ जनाको ज्यान गएको छ। आइतबार साँझ गुजरातको मोरबी भन्ने स्थानमा पर्ने मच्छु नदीमाथि बनेको पुल चुडिएको हो।

घटनामा परि एक सयभन्दा बढी घाइते भएका छन्। अझै केही व्यक्ति बेपत्ता छन्, उनीहरूको खोजी जारी रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

संरचना पुनर्निर्माण गरि पाँच दिनअघि पुन: खोलिएको थियो। आइतबार साँझ करिब साढे ६ बजे भएको घटनामा परि पुलमा उभिरहेका मानिसहरू मच्छु नदीमा खसेका थिए।

मोरबी झोलुंगे पुल भत्किँदा सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १३२ पुगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उद्धारकर्मीहरूले मच्छु नदीबाट थप शव निकालेसँगै मृतकको संख्या १३२ पुगेको हो। 

घटनाको समयमा पुलमा ५०० भन्दा बढी मानिस भएकाले मृतकको संख्या अझै बढ्नसक्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

kumari

सडक तथा भवन राज्यमन्त्री जगदीश पञ्चालले बेलायती जमानाको पुल ओभरलोडका कारण भत्किएको बताएका छन्।  

प्रकाशित: Oct 31, 2022| 10:03 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।