मंगलबार, फागुन १९, २०८२

लोकतान्त्रिक खेलकुद संघको खेलाडी सम्मान, गएनन् पारस खड्का

बूढानीलकण्ठ तथा टोखा नगरपालिका खेलकुद संघको संयुक्त आयोजनामा विभिन्न खेलविधिका ३५ सहित पूर्वखेलाडी तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको हो।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं– कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गरेका विभिन्न खेलविधाका खेलाडीलाइ सम्मान गरेको छ। गण्डकी प्रदेशमा गत ३ कात्तिकमा सम्पन्न खेलकुदमा विभिन्न खेलमा सहभागी भई पदक प्राप्त गर्ने उत्तरभेगीय खेलाडीलाई संघले सम्मानपत्रसहित सम्मान गरेको हो।

बूढानीलकण्ठ तथा टोखा नगरपालिका खेलकुद संघको संयुक्त आयोजनामा विभिन्न खेलकुदका ३५ सहित पूर्वखेलाडी तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो। पूर्वक्रिकेट खेलाडी पारस खड्काको नामसमेत सम्मानको लिस्टमा थियो। तर कार्यक्रममा खड्काको उपस्थिति नरहेको राष्ट्रिय खेलकुद परिषद(राखेप)ले जनाएको छ।

कार्यक्रममा पूर्वमन्त्री नरहरि आचार्यले खेलाडीले जीवनको ऊर्जाशील समय दिएर खेलकुदका लागि गरेको मिहिनेतले कालान्तरमा देशकै इज्जत बढाउने बताए। ‘विश्व खेल मञ्चमा राष्ट्रलाई पहिचान गराउने खेल क्षेत्र मात्र हो।  यसका लागि आगामी दिनमा कांग्रेसले महत्त्वका साथ हेर्नेछ,’ उनले भने।

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पोडैलले आगामी दिनमा खेलाडीले आफ्नो क्षेत्रबाट निर्वाचित नेतृत्व खेलकुद र विकासका अनुयायी हुन् भन्ने विचार गर्वका साथ भन्न सक्ने वातावरण बनाइने दाबी गरे।

लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सचिव मनीष जोशीले आफू नेपाली झन्डालाई अन्तर्राष्ट्रिय मञ्चमा बोकेर अगाडि बढ्ने पहिलो खेलाडी गजराज जोशीको पुत्र भएको भन्दै खेलाडीले मात्र खेलाडीको भावनालाई बुझ्ने र तिनको हकहितका लागि अग्र स्थानमा रहेर कार्य गर्ने बताए।

kumari

उनले संघ खेलकुदभित्रका विकृति र विसंगति  हटाई खेलाडी, प्रशिक्षक र खेलकर्मीको हकहितका लागि खडा भएको संस्था भएकाले उक्त कार्यमा अग्रसर भइरहने प्रतिबद्धता जनाए।

प्रकाशित: Oct 31, 2022| 15:03 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।