सोमबार, असार १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसको घोषणापत्र : मुलुकलाई समृद्ध बनाउन भ्रष्टाचारमुक्त सरकार

नेकपा एसको घोषणापत्र : मुलुकलाई समृद्ध बनाउन भ्रष्टाचारमुक्त सरकार

आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि नेकपा एसले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा आर्थिक क्षेत्रमा मुलुकको प्रगति हुन नसक्नुमा भ्रष्टाचारलाई प्रमुख कारण मानियो।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं– नेकपा एकीकृत समाजवादीले भ्रष्टाचार उन्मूलनलाई प्राथमिकता दिएर चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि नेकपा एसले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा आर्थिक क्षेत्रमा मुलुकको प्रगति हुन नसक्नुमा भ्रष्टाचारलाई प्रमुख कारण बताइएको छ। 

National life

‘भ्रष्टाचारका कारण लक्षित वर्ग, समुदायसम्म विनियोजित रकम नपुग्ने, विकास निर्माणका काम गुणस्तरहीन हुने वा अनावश्यक लागत बढाउनेजस्ता समस्याले जरो गाडेका छन्’, नेकपा एसले भनेको छ, ‘हाम्रो पार्टी समग्र नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्न संकल्पित छ।’

भ्रष्टाचार उन्मूलनका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको नेकपा एसको घोषणापत्रमा उल्लेख छ। ‘भड्किलो जीवनशैली भ्रष्टाचारको प्रमुख कारक रहेकाले हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिनेछन्। हाम्रा जनप्रतिनिधिले आफ्नो घरमा हुने विभिन्न पारिवारिक वा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा वा चाडपर्व मनाउँदा सकेसम्म कम खर्चमा सादा ढंगले सम्पन्न गर्ने कुरामा विशेष ध्यान दिनेछन्’, नेकपा समाजवादीले घोषणापत्रमा भनेको छ। 

‘भ्रष्टाचारमुक्त सरकार : भ्रष्टाचाररहित समाज’ को नारासहित भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, अनियमितता, सरकारी काममा ढिलासुस्ती आदिमा कडा निगरानी राख्ने प्रतिबद्धता जनाएको नेकपा एसले आफ्ना जनप्रतिनिधिको आर्थिक आचरण शुद्ध हुने दाबी गरेको छ। केन्द्रदेखि स्थानीय तहसम्म भएका भ्रष्टाचार, विभिन्न घोटाला काण्डको तत्काल छानबिन गरी दोषीलाई कारबाही गराउन पहल गर्ने नेकपा एसले बताएको छ।

प्रकाशित: Oct 31, 2022| 13:53 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...