मंगलबार, माघ १, २०८१
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी भन्छ- सन्दीपलाई १२ वर्ष कैद माग गर्ने यथेष्ट प्रमाण छ, सम्पत्तिको पनि छानबिन

Siddartha premir insuranceSiddartha premir insurance

प्रहरी भन्छ- सन्दीपलाई १२ वर्ष कैद माग गर्ने यथेष्ट प्रमाण छ, सम्पत्तिको पनि छानबिन

अनुसन्धानका क्रममा सन्दीपविरुद्ध आरोप पुष्टि हुने यथेष्ट प्रमाण संकलन भएको प्रहरी स्रोतले जनाएको छ।
 |  सोमबार, कात्तिक १४, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

सोमबार, कात्तिक १४, २०७९

ntc landingntc landing

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदैछ। जिल्ला प्रहरी परिसर काठमाडौं र गौशाला प्रहरी वृत्तले बुझाएको अनुसन्धानको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनीविरुद्ध नाबालिग जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्न लागिएको हो।

himalayan bank box

प्रहरीले सबै अनुसन्धान सकेर कात्तिक ४ गते सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। तिहार र छठका कारण अदालत बन्द भएका कारण आज अदालत खुलेलगत्तै सन्दीपविरुद्ध मुद्दा दर्ता गर्न लागिएको हो।

सन्दीपविरुद्ध १७ वर्षीय एक नाबालिगले भदौ २१ गते जर्बजस्ती करणीमा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। भदौ ५ गते आफूलाई कफी पिउन बोलाएर एक होटलमा पुर्‍याइ मदिरा सेवन गराइ लठ्याएर सन्दीपले आफूलाई करणी गरेको आरोप ती किशोरीको थियो। उजुरीअनुसार सन्दीपकी फ्यान रहेकी ती किशोरीलाई सन्दीपले बानेश्वरमा कफी पिउन बोलाएका थिए। सन्दीपले त्यहाँबाट आफ्नै कारमा ती किशोरीलाई नगरकोट पुर्‍याएका थिए। होस्टल बन्द भइसकेपछि मध्यराति काठमाडौं फर्किएका उनीहरु गौशालास्थित एक होटलमा सँगै बसेका थिए। सोही रात आफूलाई सन्दीपले पटकपटक जर्बजस्ती करणी गरेको आरोप ती किशोरीले लगाएकी छन्। 

भदौ ६ गते सन्दीप केन्यामा हुने टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगे। यता उनीविरुद्ध उजुरी परेपछि भने सन्दीपले उक्त खेल खेल्न पाएनन्। त्यसपछि केही समय विदेशमै लुकेर बसेका सन्दीप असोज २० गते काठमाडौं आइपुगेका थिए। प्रहरीले विमानस्थलबाटै उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा सन्दीपविरुद्ध आरोप पुष्टि हुने यथेष्ट प्रमाण संकलन भएको प्रहरी स्रोतले जनाएको छ। ‘हामीले सबै प्रमाण संकलन गरेका छौं, थुप्रैसँग बयान पनि लिएका छौँ,’ स्रोतले भन्यो, ‘बलात्कार पुष्टि हुने यथेष्ट प्रमाण संकलन भएको छ।’ स्रोतकाअनुसार प्रहरीले सन्दीप र ती किशोरीबीच भएको स्न्यापच्याटको म्यासेज समेत रिकभर गरेको छ। सीसीटीभी फुटेज, होटल साहू र सन्दीपस्वयंकै बयानले समेत आरोप पुष्टि हुने दाबी प्रहरीको छ। सन्दीपले भने हालसम्म इन्कारी बयान दिँदै आएका छन्। उनले आफूहरु सो रात होटलमा दुईओटा कोठा नभेटिएका कारण सँगै एकै कोठामा बसे पनि करणी भने नगरेको दाबी गरेका छन्। उनले कफी पिउन भेटेको, किशोरीकै आग्रहमा नगरकोट घुम्न गएको र राति होस्टल बन्द भइसकेकाले बाहिर बस्न किशोरीले गरेको आग्रहकै कारण होटलमा पुगेको दाबी गरिरहेका छन्।

मुद्दा दर्ताका लागि सन्दीपविरुद्ध सीसीटीभी फुटेज, बयान, मेडिकल रिपोर्ट, स्न्यापच्याट म्यासेज र कल डिटेल्सलाई प्रमाणका रुपमा पेश गर्न लागिएको छ। सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा प्रहरीले अनुसन्धान गरेको थियो। उक्त दफाको उपदफा ३ (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरिँदैछ। उक्त उपदफाले १६ देखि १८ वर्ष उमेरका किशोरीसँग सहमतिमै शारिरीक सम्बन्ध राखिए पनि त्यसलाई जर्बजस्ती करणीको रुपमा व्याख्या गरेको छ।

प्रहरीले १२ वर्ष कैदसहित किशोरीलाई क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेको छ। स्रोतका अनुसार यसका लागि प्रहरीले सन्दीपको सम्पत्तिको समेत छानबिन गरिसकेको छ। 

प्रकाशित: Oct 31, 2022| 10:32 सोमबार, कात्तिक १४, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।