शनिबार, साउन ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्म कैद माग गर्दै मुद्दा दर्ता

सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्म कैद माग गर्दै मुद्दा दर्ता

नाबालिग बलात्कार आरोप लागेका सन्दीपविरुद्ध १२ वर्षसम्म कैद सजाय मागदाबीसहित किशोरीलाई क्षतिपूर्ति दिन माग गरिएको छ।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं– १७ वर्षीया नाबालिगलाई जबर्जस्ती करणीको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ। सोमबार सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा अभियोजन पत्र दर्ता गरेको हो। उनीविरुद्ध १० देखि १२ वर्षसम्म कैद माग गरिएको छ।

प्रहरीले सबै अनुसन्धान सकेर ४ कात्तिकमा सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो। तिहारका कारण अदालत बन्द भएकाले सोमबार अदालत खुलेलगत्तै कार्यालयले मुद्दा दर्ता गरेको हो।

सन्दीपविरुद्ध ती किशोरीले २१ भदौमा जबर्जस्ती करणी आरोपमा गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन्। ५ भदौमा कफी पिउन बोलाएर एक होटलमा लगेर मदिरा सेवन गराई लठ्याएर सन्दीपले आफूलाई करणी गरेको आरोप ती किशोरीको थियो। 

६ भदौमा सन्दीप टी–ट्वान्टी खेल खेल्न केन्या पुगेका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग खेल्न उनी उत्तर अमेरिकी देश सेन्ट लुसिया पुगे। उनीविरुद्ध उजुरी परेपछि भने सन्दीपले उक्त खेल खेल्न पाएनन्। त्यसपछि केही समय विदेशमै लुकेर बसेका सन्दीप २० असोजमा काठमाडौं आइपुगेका थिए। प्रहरीले विमानस्थलबाटै उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

उनीविरुद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ को उपदफा ३ (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबीसहित किशोरीलाई क्षतिपूर्ति दिनुपर्ने माग गरिएको छ। उक्त उपदफाले १६ देखि १८ वर्ष उमेरका किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध राखिए पनि त्यसलाई जबर्जस्ती करणीको रुपमा व्याख्या गरेको छ। 

सन्दीपले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन्। यसअघि सरकारी वकिलको कार्यालयले लिएको बयानमा उनले आरोपको खण्डन गरेका थिए।

प्रकाशित: Oct 31, 2022| 14:32 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।