शुक्रबार, जेठ २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उडान नहुने दिन यात्रुलाई बोर्डिङ पास गराएको भन्दै वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण

उडान नहुने दिन यात्रुलाई बोर्डिङ पास गराएको भन्दै वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण

उडान नै नभएको दिन (३० अक्टोबर) मा दिल्ली उडान गर्ने भन्दै यात्रुलाई टिकट बिक्री गरी विमानस्थलमा बोलाई बोर्डिङ पाससमेत गराएको भन्दै एयरलाइन्सलाई स्पष्टीकरण सोधिएको जानकारी प्राधिकरणले दिएको हो।
 |  सोमबार, कात्तिक १४, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १४, २०७९

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ घण्टे स्पष्टीकरण सोधेको गरेको छ। उडान नै नभएको दिन (३० अक्टोबर) मा दिल्ली उडान गर्ने भन्दै यात्रुलाई टिकट बिक्री गरी विमानस्थलमा बोलाई बोर्डिङ पाससमेत गराएको भन्दै एयरलाइन्सलाई स्पष्टीकरण सोधिएको जानकारी प्राधिकरणले दिएको हो। 

National life

'यात्रुहरुलाई समयमै खबर गरेर वैकल्पिक व्यवस्था गर्नुपर्नेमा सो कार्य नगर्नुको कारण उडान नभएको दिनमा यात्रुहरुलाई विमानस्थलमा बोलाएर गै कानुनी तरिकाले बोडिङ्ग पास समेत उपलब्ध गराई गैर सैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भिर असर पारेको सन्दर्भमा सो वायुसेवा कम्पनीलाई मिति कात्तिक १३ गते २४ घण्टे स्पष्टीकरण सोधिएको व्यहोरा जानकारी गराइन्छ,' निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्राधिकरणले २३ अक्टोबरमा निगमलाई दिल्ली उडान गर्न अनुमति प्रदान गरेको थियो। तर अक्टोबर ३० बाट नै विन्टर सेड्युल कार्यान्वयनमा ल्याएको थियो। विन्टर सेड्युलमा निगमको उक्त उडान कटौती भएको थियो। उडान कटौती भएको जानकारी निगमले यात्रुलाई दिएन। यात्रु विमानस्थल पुगेर बोर्डिङ पास गरी उड्न नपाई फर्किएका थिए। 

विषयको गाम्भीर्यता तथा सत्यतथ्य नबुझी केही मिडिया तथा सामाजिक सञ्जालमा अतिरञ्जित तरिकाले समाचार प्रकाशन भएकोमा समेत प्राधिकरणले ध्यानाकर्षण भएको जनाएको छ। 

प्रकाशित: Oct 31, 2022| 15:39 सोमबार, कात्तिक १४, २०७९
प्रतिक्रिया दिनुहोस्