खुफिया एजेन्सीको रिपोर्टलाई लिएर बाइडेन प्रशासन पनि गम्भीर भएको अमेरिकी अखबारले लेखेको छ। अमेरिकी सुरक्षा परिषद्का प्रवक्ताले अखबारमा प्रकाशित खबरबारे कुनै टिप्पणी गर्न चाहेनन् तर उनले भने, ‘कोरोना भाइरस उत्पत्ति...
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले धम्की दिएका छन्।
होम आइसोलेसनमा रहेका संक्रमितलाई काउन्सेलिङका लागि ३२ काउन्सेलर खटिएका छन्। उनीहरूले संक्रमितको स्वास्थ्य अवस्था, हुन सक्ने सम्भावित खतरा र अपनाउनुपर्ने उपायहरू सिकाउँछन्।
केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन्।
'जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ,' अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘प्रतिगमनकारी ओली सरकारमा पार्टीको कुनै सदस्य सामेल भए स्वतः निष्काशन हुने प्रष्ट गरिएको छ,’ बैठकपछि प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आइतबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमितको शव व्यवस्थापनका लागि पनि सहुलियत दरमा दाउरा उपलब्ध गराउन पहल गर्ने निर्णयसमेत गरेको छ।