काठमाडौं - बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र आज चक्रवातमा परिणत भएको छ। यो भोलि (मंगलबार) सम्ममा शक्तिशाली चक्रवातमा परिणत हुने देखिएकाले यसको केही असर नेपाली भू–भागमा पनि पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विशेष बुलेटिन जारी गर्दै महाशाखाले चक्रवातका कारण मंगलबार अपरान्हपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली हुनेछ। बागमती र प्रदेश १ का उच्च हिमाली/पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महशाखाले जनाएको छ।
साथै उच्च हिमाली भू–भागमा हावाहुरीसमेत चल्न सक्ने भएकाले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन महाशाखाले अनुरोधसमेत गरेको छ।