बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको कलंकीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौंको कलंकीमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौँ- नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा राजधानीको कलंकीमा नेविसंघले आइतबार साँझ भण्डारी र ओलीको पुत्ला दहन गरेको हो। 

नेविसंघकी महामन्त्री उर्मिला थपलियाले प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध मसाल जुलुस र पुत्ला दहन गरिएको जानकारी दिइन्। 

प्रहरीले नेविसंघको पुत्ला दहनलाई हस्तक्षेप गरी पुत्ला खोसेर तितरबितर पारेको थियो।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार राती संसद् विघटन गरेकी थिइन्। कांग्रेस, माओवादी केन्द्र, एमाले (नेपाल पक्ष), जसपा (उपेन्द्र बाबुराम पक्ष), जनमोर्चालगायतले प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएका छन्। 

प्रकाशित: May 23, 2021| 15:59 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।