बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली बजारमा विदेशी लगानीका सिमेन्टको दबदबा, ३ उद्योगको हिस्सा २० प्रतिशत

नेपाली बजारमा विदेशी लगानीका सिमेन्टको दबदबा, ३ उद्योगको हिस्सा २० प्रतिशत

नेपालको सिमेन्ट बजार हिस्साको २०.३१ प्रतिशत हिस्सा ‍वैदेशिक लगानीका तीन वटा सिमेन्ट उद्योगले मात्र ओगटेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं- नेपालको सिमेन्ट बजार हिस्साको २०.३१ प्रतिशत हिस्सा ‍वैदेशिक लगानीका तीन वटा सिमेन्ट उद्योगले मात्र ओगटेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ। हाल तीन वटा मात्र वैदेशिक लगानीका सिमेन्ट उद्योग सञ्चालमा रहेपनि २० प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेकाले नेपाली बजारमा विदेशी सिमन्ट उद्योगको दबदबा रहेको देखिएको हो। नेपालमा थप २ वटा सिमेन्ट उद्योग निर्माणको तयारीमा छन्। 

राष्ट्र बैंकले शुक्रबार जारी गरेको प्रत्यक्ष वैदेशिक लगानीका सिमेन्ट उद्योगको सामाजिक/आर्थिक प्रभावबारे गरेको अध्ययनले नेपालमा विदेशी लगानीका सिमेन्ट उद्योगहरूले ठूलो बजार हिस्सा ओगटेको देखाएको हो। हाल नेपालमा दुई वटा सरकारी लगानीका र ५० वटा निजी क्षेत्रको लगानीका सिमेन्ट उद्योग सञ्चालनमा छन्। 

नेपालका सिमेन्ट उद्योगमा ५६ अर्ब ९७ करोड रुपैयाँ विदेशी लगानी छ। होङ्सी शिवम् सिमेन्ट, अर्घाखाँची सिमेन्ट र मारुती सिमेन्टमा विदेशी लगानी छ। ती सिमेन्टमा क्रमशः ७०, १८ र २१ प्रतिशत वैदेशिक लगानी छ। 

विदेशी लगानीमा निर्माणाधीन दुई वटा सिमेन्ट उद्योगमा तियानी सिमेन्ट र हुवासिन नारायणी सिमेन्ट उद्योग हुन्। तियानीमा ७० प्रतिशत र हुवासिन नारायणीमा शतप्रतिशत वैदेशिक लगानी रहेको छ। 

होङ्सी शिवम् सिमेन्टमा होङ्सी ग्रुप अफ चाइनाको लगानी छ। सो सिमेन्ट सन् २०१५ डिसेम्बरमा नेपालमा दर्ता भएको हो। त्यस्तै अर्घाखाँची सिमेन्टमा उमा इन्टरनेसनल इन्डियाको सेयर रहेको छ। यो पनि सन् २०१५ डिसेम्बर ३१ मा नेपालमा दर्ता भएको थियो। 

त्यसैगरी मारुती सिमेन्टमा ग्राभिटी सेल्स प्रालिको लगानी छ। सन् २००५ डिसेम्बर २५ मा दर्ता भएर यो सिमेन्ट उद्योग सञ्चालनमा आएको हो। हुवासिन नारायणीमा हुवाक्सिन सेन्ट्रल एसिया इन्भेस्टमेन्ट (उवान कम्पनी लिमिटेड) चाइनाको शतप्रतिशत लगानी रहेको छ। यो कम्पनी नेपालमा सन् २०१७ डिसेम्बर १५ मा नेपालमा दर्ता भएको थियो। धादिङमा यसको उत्पादन केन्द्र निर्माणाधीन छ। 

त्यस्तै तियानी सिमेन्टमा ७० प्रतिशत विदेशी लगानी नै आउने भनेर सन् २०१७ नोभेम्बर १२ मा दर्ता भए थियो। तर अहिलेसम्म पनि यो उद्योग सञ्चालनमा आइसकेको छैन। लगानीकर्ताको टुंगो लागिनसकेकाले सञ्चालनमा आउन नसकेको राष्ट्र बैंकको विवरण छ। 

तीनवटा वैदेशिक लगानीका सिमेन्ट उद्योगको उत्पादन क्षमता २७८३ मेट्रिकटन प्रतिदिन छ। तर सरकार र निजी क्षेत्रका उद्योगको उत्पादन क्षमता भने १४४२ मेट्रिकटन प्रतिदिन छ। सरकारी उद्योगले प्रतिदिन ६२२ मेट्रिकटन र निजी क्षेत्रका उद्योगले दैनिक ८२० मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएका छन्। 

अध्ययन अनुसार विदेशी लगानीका सिमेन्ट उद्योग रहेका क्षेत्र वरपरका जग्गाको मूल्य ४३३ प्रतिशतले बढेको छ। निजी क्षेत्रको लगानी रहेको सिमेन्ट उद्योगको वरपरको जग्गाको मूल्य ३५९ प्रतिशत र सरकारी सिमेन्ट उद्योगको वरीपरिको जग्गाको मूल्य १०० प्रतिशतले उक्त अध्ययनमा उल्लेख छ। उद्योगका अगाडिपट्टिको जग्गाको मूल्य मात्र यसरी वृद्धि भएको उल्लेख गरिएको छ। वायु प्रदूषण बढ्ने भएकाले उद्योग पछाडिका जग्गाको मूल्य भने घटेको छ।

वैदेशिक लगानीका सिमेन्ट उद्योगले जम्मा ३७ प्रतिशत मात्र पूर्वाधारको लागि खर्च गरेका छन् भने सरकारी लगानीका सिमेन्ट उद्योगले ९० प्रतिशत योगदान पूर्वाधार विकासमा गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सन् २०२५ सम्ममा नेपालमा सिमेन्टको मागमा शतप्रतिशत वृद्धि हुनेछ। सन् २०२१/२२ मा मुलुकभर सिमेन्टको माग १ करोड ५० लाख ४१ हजार मेट्रिक टन, सन् २०२२/२३ मा १ करोड ८० लाख ६९ हजार मेट्रिक टन, सन् २०२३/२४ मा २ करोड २० लाख ४२ हजार मेट्रिक टन र सन् २०२४/२५ मा २ करोड ५० लाख ८८ हजार मेट्रिक टन माग हुनेछ। 

प्रकाशित: May 23, 2021| 14:30 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।