बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपेन्द्र पक्षका निर्णय महन्थ पक्षले नमान्ने, निर्वाचन आयोगलाई जानकारी गराइयो

उपेन्द्र पक्षका निर्णय महन्थ पक्षले नमान्ने, निर्वाचन आयोगलाई जानकारी गराइयो

'जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ,' अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा), नेपालका एक अध्यक्ष उपेन्द्र यादव-डा बाबुराम भट्टराई पक्षले गरेको निर्णय अर्का अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले नमान्ने भएको छ। अध्यक्ष ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन्।

'जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको भनिएको बैठक र त्यस्तो कथित बैठकबाट गरिने सबै निर्णय अमान्य हुने व्यहोरा निर्वाचन आयोगलाई समेत जानकारी गराइएको छ,' अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उपेन्द्र-बाबुराम पक्षले गोप्य स्थानमा बैठक गरेको आरोपसमेत ठाकुर पक्षले लगाएको छ। `जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक २०७८ जेठ ८ र ९ गते पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा गर्ने तय भएको थियो। तर बढ्दो कोरोनाको प्रभाव एवं बन्दाबन्दीको असहजताको कारण मिति ७ गते उक्त बैठक स्थगित गरिएको सूचना सार्वजनिक गरिनुको साथै सम्पूर्ण कार्यकारिणी समिति सदस्यहरुलाई समेत जानकारी गराइसकिएको अवस्थामा तथाकथित गोप्य स्थानमा गरिएको भनिएको कार्यकारिणी समितिको बैठकप्रति हामो गम्भीर ध्यानार्कषण भएको छ,' उनले भनेका छन्।

No description available.

प्रकाशित: May 23, 2021| 16:18 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।