बुधबार, भदौ १०, २०८३

संसद् विघटनविरुद्ध सर्वोच्चमा २५ रिट पेस

प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार २५ वटा रिट पेस भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्रराज ढकालले जानकारी दिए।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २५ रिट पेस भएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध आइतबार २५ वटा रिट पेस भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्रराज ढकालले जानकारी दिए। उनका अनुसार दर्ता हुने–नहुने भन्ने निर्णय सोमबार हुनेछ। 
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार प्रतिनिधिसभा विघटन गरेकी थिइन्। यसअघि पुस ५ गते प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। उक्त विघटन असंवैधानिक भन्दै सर्वोच्च अदालतले गत फागुन ११ गते बदर गरेको थियो।
यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपााल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा नेपाल पनि सर्वोच्च अदालत जाने तयारीमा छन्। 

प्रकाशित: May 23, 2021| 14:52 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।