ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गर्दै सहरबाट गाउँमा सारिएको अस्पतालले दिक्तेलबजारबाट नियमित सेवा सुरु गरेको हो। गत चैतदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले कोभिड-१९ को महामारी न्यून हुँदैगएपछि नियमित सेवा...
अयोध्या बाटाजुको घरमा सन्चालित होटलबाट आगो लागेको घरधनीले बताएका छन्। राती आगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमिल्ने गरी जलेको छ।
शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि बोलाएको समयमा नगरप्रमुख साहको निर्देशनमा उल्टै घेरा हालेर कुटपिट गर्ने प्रपञ्च रचिएको उनीहरुले आरोपसमेत लगाएका छन्।
सप्तरीमा प्रहरीले अबैध गाँजा फडानी गर्ने अभियान सुरु गरेको एक महिनाको अवधिमा ५ हजारभन्दा बढी गाजाको बोट फडानी गरेर नष्ट गरेको छ।मंसिर १ गते सुरु भएको अभियान २९ गतेसम्म चलेको...
भ्याली भ्यु इंलिस स्कुल मध्य बानेश्वर काठमाडौंले विद्यार्थीहरूको प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको छ। यतिबेला भ्याली भ्युले ‘इन्टरनेट अफ थिङ्क्स’ नामक कार्यक्रम सञ्चालन गरिरहेको छ।
उपचारका लागि सर्वसाधारणलाई आफूलाई कमिसन दिने फार्मेसीमा औषधि किन्न बाध्य गराई हैरानी दिएको आरोपमा चार जना पक्राउ परेपछि औषधिउपचारमा पनि बिचौलिया प्रयोग भइरहेको तथ्य बाहिर आएको हो।
उनको दमक-७ स्थित घरमा लागू पदार्थ रहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरीटोलीले मुन्नीलाई बिहीबार ६.५ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
गाईघाट-दिक्तेल सडक आयोजनाको ६८ लाखमा रेग्मी-भानुमती-चौधरी जेभीले मंसिर दोस्रो सातादेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो।
बिहीबार राति आगलागी हुँदा १० वटा माला तथा गिफ्ट पसल, रेष्टुरेण्ट, फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। आगलागीको कारण खुल्न सकेको छैन।
अक्करे भिरको सिरानमा पहरा छ। गाउँमा त्यसलाई शङ्खे पहरा भन्छन्। पितापुर्खाले दिएको नाम हो, त्यो। जैमिनी नगरपालिका–५ बिनामारे, रिठेडाँडाछेउको शङ्खे पहरा अघिल्लो हिउँदसम्म यसै गुमनाम थियो।