काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत एक नर्सको निधन भएको छ। जुम्लास्थित सिटिजन्स बैंकको शौचालयमा बेहोस भेटिएकी बाँके कोहोलपुरकी २६ वर्षीय अनुपमा श्रेष्ठको शिक्षण अस्पतालमा निधन भएको हो।
नर्स श्रेष्ठ बेहोस अवस्थामा बाथरुममा फेला परेकी थिइन्। उनको उपचारका क्रममा शुक्रबार दिउँसो ४ बजेतिर निधन भएको अस्पतालले जनाएको छ।
उनी बेहोस् हुनुको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले एक होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दु:ख व्यक्त गरेका छन्।