मंगलबार, भदौ २, २०८३

बाँकेमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बाँकेको खजुरा गाउँपालिका–५, धनौली बजारनजिकै सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- बाँकेको खजुरा गाउँपालिका–५, धनौली बजारनजिकै सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ। माइक्रोबस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

खजुराबाट नेपालगन्जतर्फ जाँदै गरेको भे१ख ३३ ६० नम्बरको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको भे३प ५३ ६९ नम्बरको मोटरसाइकललाई गए राति करिब ९ बजे ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३० वर्षीय दिनेश बरालको उपचारको क्रममा भेरी अस्पतालमा गए राति नै मृत्यु भएको जनाइएको छ। माइक्रोबस र चालकलाई इलाका प्रहरी कार्यालय धनौलीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Dec 17, 2021| 10:14 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।