महोत्तरी- कोभिड-१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ। महोत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई ७-११ पुसमा खोल लगाइने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ। त्यसका लागि मोर्डना खोप आइसकेको उनले जनाए।
६-११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ। जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मनरासिस्वा,बल्वा, र एकडारामा भने १४-१८ पुसमा सामुदयिक विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ।
खोप लगाउन छुटेका तथा दोस्रो मात्रा लगाउन बाँकीले पनि खाेप लगाउन पाउने उनले जानकारी दिए। महोत्तरीको कुल जनसंख्याको झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन्।