काठमाडौं- केही दिन यता देशैभर न्यूनतम तापक्रम घट्दो अवस्थामा रहेको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकाले न्यूनतम तापक्रम घट्दो अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस पुगेको छ। देशमा सबैभन्दा कम तापक्रम जुम्लामा रहेको छ। त्यहाँ न्यूनतम तापक्रम माइनस ५.८ डिग्री सेल्सियस मापन गरिएको बताइएको छ। जिरीमा पनि माइनस २.१ डिग्री सेल्सियस तापक्रम रहेको छ।
शनिबार देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।