मंगलबार, भदौ २, २०८३

जनकपुरधामका वडाध्यक्षहरू फेरी आन्दोलित

शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि बोलाएको समयमा नगरप्रमुख साहको निर्देशनमा उल्टै घेरा हालेर कुटपिट गर्ने प्रपञ्च रचिएको उनीहरुले आरोपसमेत लगाएका छन्।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरु फेरी आन्दोलनमा उत्रिएका छन्। पटकपटक आग्रह गर्दा पनि नगरप्रमुख लालकिशोर साहले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्दै उनीहरु आन्दोलित भएका हुन्। 

शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि बोलाएको समयमा नगरप्रमुख साहको निर्देशनमा उल्टै घेरा हालेर कुटपिट गर्ने प्रपञ्च रचिएको उनीहरुले आरोपसमेत लगाएका छन्। 

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गईरहेको अवस्थामा आफूहरुले पटक-पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको र उल्टै आफ्नो कार्यकक्षमा बोलाएर गुण्डाशैलीमा आफूहरुमाथि जाईलागेको आरोप लगाए। 

आफूहरुको मागलाई सम्बोधन गर्न आग्रह गर्न आउँदा गुण्डा लगाएर हप्काएको उनले बताए। वडा नम्बर-३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहले शुक्रबार बिहान ११ बजेको समय दिएपछि आफूहरु मेयर साहसँग भेटघाट गर्न गएको बेला बाहिरबाट लठैत मगाएर आफूहरुलाई धम्की दिएको आरोप लगाए। 

उनले मेयर साहले उपमहानगरपालिकाको माहौल भयभित बनाएर राखेको समेत बताए। आफूहरुले बहुमतबाट पारित गरेर दिएका योजनाहरुलाई समेत नगरप्रमुख साहले आफूअनूकुल परिवर्तन गरेको उनको आरोप छ। 

यसअघि पनि सरसफाई सम्बन्धी कुरा गर्न उपमहानगरको कार्यालयमा जाँदा वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडासदस्य पंकज मण्डललाई सरसफाइ कर्मचारीले दुर्व्यवहार समेत गरेको उनको भनाई छ। 

वडाध्यक्षहरुले आफूहरु आफ्नो कुरा राख्न खोज्दा मेयर साहले बाउन्सर लगाएर हप्कीदप्की दिइरहेको तथा उपमहानगरको हरेक कुनामा बाउन्सरहरु भरिभराउ रहेको जिकिर समेत गरेका छन्। 

उपमहानगरसँग सरोकार नै नरहेका बाहिरका यूवाहरुलाई मगाएर आफूहरुलाई पिटपाट गर्न खोजेको वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहको आरोप छ। उनले मेयर साहले आफूहरुको वडाको योजना बिगारेकोले यस बर्ष कुनै काम नै गर्न नसकेकोसमेत बताए। 

मेयर साहको कार्यकक्षबाट वडाध्यक्षहरु बाहिर निस्केपछि केहिबेर नगर प्रहरी र उनीहरुबिच धक्कामुक्की समेत भएको थियो। 

वडाअध्यक्षहरुले यसअघि पनि फोहोर नउठाएको भन्दै मेयर लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका थिए।

प्रकाशित: Dec 18, 2021| 09:50 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।