मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुटवल सडकको भेएिसन अर्डर स्वीकृत भएसँगै सडक निर्माण कार्य सुरु हुने

बुटवल सडकको भेएिसन अर्डर स्वीकृत भएसँगै सडक निर्माण कार्य सुरु हुने

एक वर्षदेखि अलपत्र बुटवलको ६ लेन सडक विस्तारको काम सूचारु हुने भएको छ। सडक विभागले भेरिएसन अर्डर स्वीकृत गरेसँगै अब निर्माणको बाटो खुलेको हो।
 |  शनिबार, पुस ३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस ३, २०७८

बुटवल- एक वर्षदेखि अलपत्र बुटवलको ६ लेन सडक विस्तारको काम सूचारु हुने भएको छ। सडक विभागले भेरिएसन अर्डर स्वीकृत गरेसँगै अब निर्माणको बाटो खुलेको हो।

सडकको भेरिएन अर्डर स्वीकृत नभएसम्म काम नगर्ने भन्दै निर्माण कम्पनीले काम रोकेको थियो। रुपन्देहीको बुटवलमा सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले डोजर लगाएको भत्काएको करिब एक वर्ष बित्दा पनि सडक नबनेपछि यात्रुले सास्ती पाएका थिए। 

तर, अब भने निर्माणको काम अगाडि बढ्ने बाटो खुलेको बेलहिया-बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए।

यसअघि घर भत्काएको ६ महिनासम्म ठेकेदार कम्पनीले सडक निर्माणकाे कामलाई अगाडि बढाउनुको साटो बेपत्ता भयो भने त्यसयताको ६ महिनामा वर्ष लगायत विभिन्न बहानामा काम अगाडि बढाएको थिएन। तर पछिल्लो समय भेरिएसन अर्डर नभएपछि बजेट निकासामा समस्या हुन सक्ने भन्दै ठेकेदार कम्पनीले काम रोकेको थियो।  

राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर सडकखण्ड धुलो र खाल्डाखुल्डीले हिँड्नै नसकिने अवस्थामा छ। यो सडक निर्माणको ठेक्का चार वर्षअघि नै द कञ्चनजंघा विरूवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो। कम्पनीका सञ्चालक सुमित श्रेष्ठले भेरिएसन अर्डर स्वीकृत भएकाले अब काम सुरु हुने बताए। 'बिगतमा भने कोभिडका कारण सडक बिस्तारको काममा ढिलाई हुन पुगेको हो, तर अहिले भेरिएसन अर्डर नहुँदा काम रोकिएको थियो, अव निरन्तररुपमा अगाडि बढ्छ,' उनले भने।

आयोजना प्रमुख मरासिनीले अझै पनि सडक क्षेत्राधिकारभित्र पर्ने १०-१२ वटा घरको केही भाग भत्काउनुपर्ने अवस्था रहेको र यसले पनि निर्माणमा ढिलाई भैरहेको बताए। बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेनको बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तारको काम लामो समय रोकिएको थियो। पछिल्लो पटक सडक विस्तार आयोजनाले गत वर्षको पुसमा घरधनीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो। उक्त म्यादमा केही घर धनीले सडक क्षेत्र मिचेर बनेका संरचना भत्काउन सुरु गरे पनि केहीले अटेर गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरी सडक मिचेर बनाएका घर टहरा भत्काइएको थियो। 

पछिल्लो रिट निवेदनमा गत वर्ष ९ असारमा दिएको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश सर्वोच्च अदालतले गएको वर्ष पुस २० गते गरेपछि व्यापारिक मार्ग बिस्तार आयोजनालाई सडक विस्तार गर्ने बाटो खुलेको थियो।

उक्त सडक खण्डमा ३१० घर र बाँकी ४७ खाली जग्गा गरी ३५७ जनाले सडक क्षेत्र मिचेकोमा सबै घर भत्काइसकिएको छ। सडक निर्माणको जिम्मा पाएको कन्जनजंघा बिरुवा जेभिले पेश्कीस्वरुप ८ करोड ४० लाख रुपैयाँ लगिसकेको छ। उसले ४७ करोड २७ लाख आठ हजार २८७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताको म्याद आगामी असारसम्म रहेको छ। - न्युज कारखाना

प्रकाशित: Dec 18, 2021| 08:48 शनिबार, पुस ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।