पछिल्लो समय नेपालमा डरलाग्दो गरी गुरुले आफ्ना छात्रामाथि कुदृष्टि लगाइरहेका घटना बढिरहेका छन्। स्कुलमा अभिभावक बन्नुपर्ने र ज्ञानको ज्योति छर्नुपर्ने व्यक्ति नै यौन पिपासु बन्ने गरेका घटना बढ्दै गएका हुन्।
बागमती प्रदेशमा ट्याक्सीको भाडा बढाइएको छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ देखि लागू हुनेगरी ट्याक्सीको भाडा बढाएको हो।
सगरमाथाको दोस्रो शिविरसम्मको बाटो खुलेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो निर्माणको जिम्मा पाएको आइसफल डक्टरको टोलीले आधारशिविरदेखि दोस्रो शिविरसम्मको बाटो निर्माण गरेको हो।
स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १‚ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षकबाट प्रहरी वरिष्ठ नायब निरीक्षक पदमा पदोन्नोति भएका २८ जना प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको...
पछिल्लो एक वर्षको अवधिमा नेपालगन्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका चार सय ९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए।